काठमाडौं। प्रहरीले बिहीबार बिहान काठमाडौंकाे माइतिघर मण्डलाबाट पक्राउ परेका डा. निकाेलस भुसाललाई सुधार केन्द्र पठाएको छ।
माईतिघरमा विराेध प्रदर्शनमा उत्रिएका उनले लागू पदार्थ गाँजा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर सुधार केन्द्र पठाएको हो।
बिहीबार बिहान उनीसहित तीन जनालाई प्रहरीले माइतीघरबाट पक्राउ गरि जिल्ला प्रहरी परिसर काठमाडौँमा लगेको थियो।
त्यसपछि मेडिकल जाँच गर्दा डा. भुसालले गाँजा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाएको परिसरका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
उनी एक वर्ष अघि पनि पक्राउ पर्दा गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएको प्रहरीले जनाएको छ।
तर डा. भुसालले भने आफुमाथि मिडिया ट्रायल भएको र नयाँ ब्यक्तिलाई राजनीतिमा रोक्नका लागि आफुमाथि गाँजा सेवनको आरोप लगाइएको भनेका छन्। उनले फेसबुक लाइभमार्फत यस्तो प्रष्टिकरण दिएका हुन्।
उनी जेन-जी आन्दोलनका नाममा केही समय यता प्रदर्शनमा उत्रदै आइरहेका छन्।



