बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

ओली, देउवा र प्रचण्डका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

ओली, देउवा र प्रचण्डका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • काठमाडौं। पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल `प्रचण्ड´, माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईको सुरक्षामा तैनाथ मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता हुने भएका छन्।

    images

    गृह मन्त्रालयमा बिहीबार बसेको मन्त्री स्तरीय बैठकले सो निर्णय गरेको हो। बैठकले पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी सम्बन्धित सुरक्षा निकायमार्फत तत्काल फिर्ता बोलाउने निर्णय गरेको हो। 

    images

    यो निर्णय सम्बन्धित सुरक्षा निकायमा सर्कुलर भइसकेको गृह स्रोतले जानकारी दिएको छ। सर्कुलर अनुसार सम्बन्धित सुरक्षा अंगहरुले मापदण्ड विपरीत रहेका आफ्नो मातहतका सुरक्षाकर्मीलाई शुक्रबार बिहानसम्ममा फिर्ता गरिसक्ने तयारी गरेका छन्।

    प्राप्त सूचना अनुसार पुर्वप्रधानमन्त्री ओलीका २७ जना र प्रचण्डका ३४ जना मापदण्ड विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता हुँदैछन्। अन्य पुर्व पदाधिकारीको के कति सुरक्षाकर्मी फिर्ता हुँदैछ्न भन्ने फिर्ता भएपछि मात्र थाहा हुने प्रहरी प्रधान कार्यालय बताउँछ।

    पुर्व पदाधिकारी बाहेक मापदण्ड विपरीत खटाइएका केही वर्तमान पदाधिकारीको पनि सुरक्षाकर्मी फिर्ता हुनेछन्।

    नेपाल प्रहरीले मापदण्ड विपरीतका त्यस्ता सुरक्षाकर्मीलाई फिर्ता हुन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।

    हाल सबैजसो पूर्वप्रधानमन्त्रीहरुले मापदण्ड विपरीतका सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन्। सरकारको निर्णयअनुसार ती अब सबै फिर्ता हुनेछन्।

    गृह मन्त्रालयमा बसेको बैठकमा गृहसचिव रामेश्वर दंगाल, रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र समितिका सदस्य सचिव एवम मन्त्रालयका सहसचिव आनन्द काफ्ले सहभागि थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend