बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक सानेपामा

कांग्रेस पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक सानेपामा

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • नेपाली कांग्रेसको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक सुरुभएको छ।

    images

    उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको हो।

    images

    बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीले बैठकमा पार्टी महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जानकारी दिए।

    यस्तै बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा समेत तय गर्ने उनले जानकारी दिए।

    जेन-जी आन्दोलनका क्रममा सभापति देउवामाथि भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा आक्रमण गरेपछि उनी घाइते भएका थिए। अझै उनी आराममै छन्। उनको अनुपस्थितिमै अहिले बैठक बसिरहेको हो।

    यसअघि बैठक कुपोन्डोलस्थित हिमालयन होटलमा बस्ने तयारी थियो। तर नेताहरुले आफ्नै कार्यालयमा बैठक बस्ने बताएपछि सानेपामा नै बैठक चलिरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend