बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

संसद् विघटन असंवैधानिक, गलत छ : ओली

संसद् विघटन असंवैधानिक, गलत छ : ओली

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा अघि बढ्नु पर्ने बताएका छन्।

    images

    बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा ओलीले संसद् पुनर्स्थापनाको मागमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

    images

    “देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन,” सम्बोधनका क्रममा ओलीले भने।

    ओली नेपाली कांग्रेस पनि संसद पुनर्स्थापनाको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे। त्यसका लागि समयमा नै दृढतापूर्वक कदम चाल्नुपर्ने उनको भनाइ थियो।

    संसद पुनर्स्थापनाका लागि फागुन २१ गते नै कुर्न नपर्ने भन्दै उनले निर्वाचन नभए मात्र पुनर्स्थापनाको कुरा अघि बढाउने चर्चा सुनेको बताए। तर तत्काल पुनर्स्थापनाकै बाटोमा अघि बढ्नु पर्ने उनले बताएका हुन्।

    “संसद् विघटन असंवैधानिक, गलत छ, गैरकानुनी छ, अलोकतान्त्रिक छ, देशको हितको विरुद्धमा छ।” उनले भने।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend