बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा सुरक्षाकर्मीको आँखा परिक्षण

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा सुरक्षाकर्मीको आँखा परिक्षण

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • सिराहा। विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानले जिल्लाका सुरक्षा निकायका कर्मचारीहरूको आँखा जाँच तथा चस्मा वितरण गरेको छ।

    images

    बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धन विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीकोे सहभागिता थियो। 

    images

    स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दिउसोसम्म करिब सयभन्दा बढी सुरक्षाकर्मीको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ। परिक्षण गरिएका ब्यक्तिलाई आवश्यक परे चस्मा वितरण गरिने अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिए।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सशस्त्र प्रहरी बल सिरहाका उपरीक्षक नरेश भण्डारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। 

    सो अवसरमा प्रजिअ अधिकारीले सगरमाथा चौधरी आँखा अस्पतालले स्वदेशी तथा विदेशी बिरामीको सफल उपचार गरी राष्ट्रको गौरव बढाएको बताए।

    उनले अस्पतालले आगामी सय वर्षलाई लक्षित गर्दै दीर्घकालीन योजना बनाएर ‘मेडिकल टुरिजम’को हब बनाउनु पर्नेमा जोड दिए।

    कार्यक्रममा अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले अस्पतालद्वारा प्रदान गरिँदै आएको सेवा र विस्तार योजनाको बारेमा जानकारी गराएका थिए। सगरमाथा चौधरी आँखा अस्पतालले यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend