बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शिक्षामन्त्री पुनले दिए तीन केन्द्रलाई तीन निर्देशन

शिक्षामन्त्री पुनले दिए तीन केन्द्रलाई तीन निर्देशन

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले बुधवार फरक तीन केन्द्रमा पुगेर सुधारका लागि निर्देशन दिएका छन्। 

    images

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका ल्यावहरु अवलोकन गर्दै उनले नाष्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र बनाउने बारे एक साताभित्र छलफलकाे सुझाव पेश गर्न निर्देशन दिएका हुन्।

    images

    शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा मन्त्री पुनले शिक्षकहरुको दखन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति लगायतका विषयमा तीन घण्टा लामाे छलफल गरेका थिए।

    साे क्रममा अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउन पनि उनले निर्देशन दिएका छन्।

    त्यसैगरी पाठयक्रम विकास केन्द्रका अधिकारीहरुसँगकाे छलफलमा उनले पाठ्यक्रम परिमार्जन र अध्यावधिक गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास सम्वन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिन निर्देशन दिएका छन्। 

    साथै आगामी बर्ष देखि कक्षा ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएको मन्त्री पुनले आफ्नाे फेसबुक पेजमार्फत् जानकारी गराएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend