बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

५० वर्ष अघि आगजनीबाट सिंहदरबार बाहिर आयो स्वास्थ्य मन्त्रालय, ५० वर्षपछि भित्रै सार्न खोजी हुँदै छ भवन

५० वर्ष अघि आगजनीबाट सिंहदरबार बाहिर आयो स्वास्थ्य मन्त्रालय, ५० वर्षपछि भित्रै सार्न खोजी हुँदै छ भवन

images
२०८२ आश्विन ६ गते, सोमवार
२०८२ आश्विन ६ गते, सोमवार
  • काठमाडौं। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा दुई दिनमा नै देशले नसोचेको क्षती ब्यहोर्यो। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारदेखि संसद भवन तथा सर्वोच्च अदालत हुँदै प्रहरी कार्यालयसम्म आन्दोलनको निशानामा पर्यो। कैंयौं सरकारी तथा निजी संरचनामा आगजनी भयो। जनतासँग प्रत्यक्ष जोडिने कतिपय सरकारी संरचना ध्वस्त भए।

    images

    यस्तै मध्येको एक सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि आगजनीको चपेटामा पर्यो। अरु सबै मन्त्रालय सिंहदरबार भित्र रहँदा स्वास्थ्य मन्त्रालय मात्रै बाहिर थियो। जो अहिले आफैं जलेर खरानी भएको छ। स्वास्थ्यका कैयौं महत्त्वपूर्ण `फाइल´ जलेका छन्। भवन खण्डहर बनेको छ। मन्त्रालय भवनमा बसेर पुन: पहिले जस्तै काम गर्न र देशको स्वास्थ्य संरचना सहज रुपमा चलाउन सकिने अवस्था छैन। कहाँ कति स्वास्थ्य सामग्री थिए र छन् भन्ने रेकर्ड छैन। 

    images

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको भवन आगलागी हुँदा के कति क्षती भयो भन्ने बारे आवश्यक विवरण संकलन हुँदै गरेको जानकारी दिए।

    `हामी विवरण संकलन गर्दैछौं, मन्त्रालयमा रहेका कागजात, कम्प्युटर, ल्यापटप जलेका छन्, कर्मचारीका इमेलमा रहेका र स्मरणमा रहेका विवरणहरुलाई समेत टिपोट गर्ने काम भइरहेको छ।´ मन्त्रालयका प्रवक्ता बुढाथोकीले एक्सरे नेपालसँग भने।

    देश चलाउने सबै मन्त्रालय सिंहदरबार भित्र हुँदा एउटा स्वास्थ्य मन्त्रालय मात्रै सिंहदरबार बाहिर थियो। हरेकजसो आन्दोलनमा असुरक्षित मानिएको स्वास्थ्य मन्त्रालय जसोतसो सुरक्षित रहेपनि जेन-जी आन्दोलनमा बच्न सकेन। स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार भित्रै सार्न पटकपटक छलफल पनि हुँदै आएको थियो। तर अहिले आन्दोलनका क्रममा आगजनीपछि फेरि एकपटक स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सार्न ठाउँ खोजी गरिएको छ। 

    विसं २०३० साल असार २५ गते सिंहदरबार भित्र रहेको स्वास्थ्य मन्त्रालयमा आगलागी भएपछि बाहिर सारिएको थियो। सिंहदरबारको पश्चिम क्षेत्रमा रहेको मन्त्रालयमा आगलागी हुँदा त्यसबखत स्वास्थ्य मन्त्रालय टेकुस्थित राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको पुरानो भवनमा सारिएको थियो। त्यसपछि २०३९ सालमा तत्कालिन स्वास्थ्यमन्त्री पद्मसुन्दर लावतीले हालको स्थानमा मन्त्रालयलाई ल्याएका थिए।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले माइतीघर मण्डलासँगै रहेका कारण हरेक आन्दोलनमा स्वास्थ्य मन्त्रालयले असुरक्षित महसुस गर्दै आएको बताए। उनले हालै जेन-जी आन्दोलनका क्रममा मन्त्रालय भवनमा आगजनीपछि सिंहदरबार भित्रै सार्न उपयुक्त भवनको खोजी भइरहेको जानकारी दिए।

    `स्वास्थ्य मन्त्रालय सिंहदरबार बाहिर हुँदा काम गर्न गाह्रो भयो, धर्ना, जूलूस, नारावाजीले सँधै असुरक्षित बनायो, अहिले आगजनीपछि मन्त्रालयका लागि सिंहदरबार भित्र नै भवन खोज्न पहल थालेका छौं, प्रधानमन्त्री ज्यु, मुख्यसचिव ज्युसँग कुराकानी भएको छ।´ डा.बुढाथोकीले भने।

    `तुरुन्तै मिल्छ कि समय लाग्छ भन्न सकिन्न, तर सिंहदरबार भित्रै माग गरेका छौं।´ डा. बुढाथोकीले अगाडी थपे।

    सरकारले एक सातासम्म पनि आन्दोनका कारण भएको क्षतीको विवरण सार्वजनिक गर्न सकेको छैन। स्वास्थ्य मन्त्रालयको भवन पुरानो डिजाइनको तथा पिल्लर विहीन थियो। सो भवन निर्माणमा धेरैजसो काठको प्रयोग भएको थियो भने भवन ५० वर्ष पुरानो हो। 

    फ्रान्सका प्रख्यात आर्किटेक्ट लुइस इसाडोर कानको  डिजाइनमा बनाइएको हाल क्षतीग्रस्त बनेको मन्त्रालय भवन विसं २०३२ साल पुस १३ गते राजा वीरेन्द्रको ३१औं जन्मोत्सवको अवसरमा उद्घाटन भएको थियो। 

    यसअघि विसं २०७७/२०७८ सालमा पनि स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार भित्र सार्न पहल भएको थियो। त्यसबखत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक उपसमितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सार्ने गरी गुरूयोजना नै तयार पारेको थियो। त्यसबखत समेत गुरुयोजना योजनामै सिमित बन्न पुगेको थियो।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend