मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अष्ट्रेलियाको वोलङ्गनमा नेपालको चिन्ता

आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित संयुक्त राष्ट्रसंघलाई पत्र

आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित संयुक्त राष्ट्रसंघलाई पत्र

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • अष्ट्रेलिया। नेपालमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा सरकार पक्षबाट भएको क्रुर ब्यवहारको अष्ट्रेलियामा बस्ने नेपाली समुदायले विरोध गरेका छन्।

    images

    उनीहरूले मंगलबार वोलङ्गनमा नेपालको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको निर्दयी कदमको विरोध गरे।

    images

    नेपालमा युवाहरुको शान्तिपूर्ण आन्दोलनमा केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गराइएको प्रहरी दमनका कारण ज्यान गुमाएका २० भन्दा बढी युवाहरूलाई कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएकोका थियो।

    यस्तै उनीहरुले ओली र एमालेको सरकारले गराएको निर्दयी दमनलाई नेपालको इतिहासकै सबैभन्दा दुःखद र निन्दनीय घटना भन्दै कडा शब्दमा विरोध गरे। 

    उनीहरूले नेपालमा सरकार पक्षबाट भएको घटनाले मानव अधिकारको खुल्लमखुल्ला उल्लङ्घन गरेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघमा समेत सामूहिक रूपमा इमेल पठाएको जानकारी दिएका थिए।

    कार्यक्रमका सहभागीहरुले नेपाल सरकार र तत्कालीन प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गर्दै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।

    नेपाली पहिचान झल्काउने ढाका टोपी र खादा सहित उपस्थित भएका सहभागीहरूको मातृभुमीप्रति गहिरो प्रेम, आक्रोश र सहानुभूति देखिन्थ्यो। सो उपस्थितीले नेपाली समुदायको एकता र मातृभूमिप्रतिको पीडाप्रतिको संवेदनशीलता देखाएको छ। 

    कार्यक्रममा सहभागीहरूले २ वर्षदेखि ७० वर्ष उमेरका व्यक्तिहरू सम्मिलित भएर आफ्नै घरबाट ल्याएका मैनबत्ती प्रज्वलन गरी मृतकहरुप्रति श्रद्धाञ्जली दिएका थिए। उपस्थित सबैले एक मिनेट मौन धारण गरेर शहीदहरूको आत्माको चिरशान्तिको कामना पनि गरेका थिए।

    कार्यक्रम वोलङ्गनमा सिटी काउन्सिलको अनुमति लिएर सम्पन्न भएको थियो। कार्यक्रमको आयोजना स्थानीय युवा समूहका युवाहरू युकेजी, सागर आचार्य, सफल कार्की, सुजन खतिवडा, आशिष पौडेल लगायतको सक्रिय नेतृत्वमा गरिएको हो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend