मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा फूल बिक्री गर्न ३५ स्थान तोकिंदै : शुल्क तिर्न नपर्ने

काठमाडौंमा फूल बिक्री गर्न ३५ स्थान तोकिंदै : शुल्क तिर्न नपर्ने

images
२०८१ कार्तिक १० गते, शनिवार
२०८१ कार्तिक १० गते, शनिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारका लागि ३५ विभिन्न स्थलबाट कृषकहरुलाई निःशुल्क रुपमा फूल विक्री गर्न दिने गरि स्थानको तयारी गरेको छ।
    महानगरपालिकाले ब्यवस्थित रुपमा फूल बिक्रीका लागि भन्दै कृषकलाई सहज हुने गरेर काठमाडौंका विभिन्न मलका खाली स्थानमा निःशुल्क रुपमा फूल बिक्री गर्न दिने गरि तयारी गरिरहेको हो।

    images

    फूल बिक्रीलाई ब्यवस्थित बनाउँदै कृषकहरुलाई सहज रुपमा तिहारका लागि फूल बिक्री गर्न दिने गरेर तयारी थालिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार विभिन्न ३५ व्यावसायिक भवनको अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको छ।

    images

    नगर प्रहरी प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो। त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ।

    आगामी कार्तिक १४ गतेदेखि १७ गतेसम्म कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने पाण्डेले जानकारी दिए।

    फूल बिक्री स्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ। यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ।

    फ्लोरिकल्चर एसोसिएसनकाअनुसार यस वर्ष स्वदेशी उत्पादन २५ लाख माला मात्र छ। बाँकी माला भारतबाट आयात गर्न लागिएको छ।

    नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन्।

    नेपालमा व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन्। मुलुकभित्र २२१ हेक्टर क्षेत्रफलमा १ हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन्।

    यस वर्षको तिहारमा सयपत्री फूलका माला ४० लाख, मखमली फूलका माला ४ लाख ७५ हजार, गोदावारीका माला २० हजार र मिक्स माला ३० हजार गरी ४५ लाख २५ हजार वटा माला खपत हुने एसोसिएसनको अनुमान छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend