बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

स्वास्थ्य मन्त्रीको राजीनामा

“नागरिक अधिकार र लोकतन्त्रको पक्षमा उभिएको निर्णय”

“नागरिक अधिकार र लोकतन्त्रको पक्षमा उभिएको निर्णय”

images
२०८२ भाद्र २४ गते, मंगलवार
२०८२ भाद्र २४ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। हिजो राजधानी काठमाडौंसहित देशभर प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि भएको बल प्रयोगपछि मन्त्रीले नैतिक आधारमा राजीनामा दिने घोषणा गरेका हुन्।

    images

    मन्त्रीले आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सम्बोधन गर्दै विज्ञप्ति जारी गर्दै भनेका छन् – “हिजो भाद्र २३ गते देशभरका सडकमा जे देखियो, त्यो लोकतन्त्रमा उपयुक्त थिएन। जेन जेड पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको प्रश्न जायज थियो। उनीहरूले सुधार मागेका थिए, भिडन्त होइन।”

    images

    उनले आफू अहिंसाको सिद्धान्तमा अडिग रहेर राजनीतिमा आएको उल्लेख गर्दै भने – “निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न सकिनँ। नागरिकको जीवन रक्षाको शपथ लिएर बस्ने पदमा रहेर त्यस्तो ब्यवहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन।”

    राजीनामा घोषणा गर्दै मन्त्रीले पार्टी नेपाली कांग्रेस, निर्वाचन क्षेत्र काठमाडौं–५ का जनसमुदाय, विज्ञ, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्।

    उनले लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनु आवश्यक रहेको उल्लेख गर्दै भने – “असहमति बलजफ्ती दमन गरेर होइन, संवादमार्फत सम्बोधन हुनुपर्छ। आजको युवा पुस्ताको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो। उनीहरूको चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्छ।”

    मन्त्रीले अन्ततः घाइतेहरूको उपचारको जिम्मेवारी र त्यही राज्य संयन्त्रको हिस्सा बनेर बस्ने बीचको नैतिक द्वन्द्वका कारण पद त्यागेको बताएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend