काठमाडौं। जेन-जी प्रदर्शनका क्रममा घाइते भएका मध्ये १९ जनाको मृत्युु भएको छ।
सोमबार बिहानैदेखि सुरु भएको प्रदर्शनका क्रममा गोलि लागेका र अन्य घाइते भएका गरि १९ जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंको ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३ र सिनामंगलस्थित केएमसी अस्पतालमा २, विपी कोइराला अस्पताल धरानमा २, र त्रिवि शिक्षण अस्पतालमा १ जना गरी १९ जनाको मृत्यु भएको हो।
ट्रमा सेन्टरमा ५९ जना घाइतेको उपचार हुँदैछ। यस्तै एभरेस्ट अस्पतालमा १०२, सिभिल अस्पतालमा १७० जनाको उपचार भइरहेको छ।
यसैगरी केएमसी अस्पतालमा ३१ जना, त्रिवि शिक्षण अस्पतालमा १८ जना, वीर अस्पतालमा १० जना, अन्नपूर्ण न्युरो अस्पतालमा ३ जना तथा नर्भिक अस्पतालमा २ जनाको उपचार जारी छ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरण अनुसाए ४२२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइतेहरुको यकिन विवरण आइसकेको छैन।



