बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

`अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्नु´

`अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्नु´

images
२०८२ भाद्र २३ गते, सोमवार
२०८२ भाद्र २३ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव भए १११५ मा फोन गर्न आग्रह गरेको छ।

    images

    जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पातललाई जानकारी प्रदान गर्न हटलाइन “१११५” रातभर सञ्चालन गर्ने भएको हो। 

    images

    मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्। 

    यसअघि 'हेल्लो स्वास्थ्य कार्यक्रम' अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो।

    तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend