बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको थप सहायता: प्रभावित क्षेत्रमा कोलेरा किट हस्तान्तरण

हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको थप सहायता: प्रभावित क्षेत्रमा कोलेरा किट हस्तान्तरण

images
२०८२ भाद्र २३ गते, सोमवार
२०८२ भाद्र २३ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा प्रभावित क्षेत्रहरुमा थप सहायता उपलब्ध गराएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री  प्रदीप पौडेलको उपस्थितिमा सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हैजा प्रभावित क्षेत्रहरूका लागि आवश्यक पर्ने कोलेरा किट हस्तान्तरण गरिएको हो।

    images

    हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको र थप स्वास्थ्य सहायता उपलब्ध गराउन मन्त्रालयले तिब्र रुपमा कार्य गरिरहेको बताए।

    “हैजाको प्रकोप देखिएका स्थानहरूमा हामीले तत्कालै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिसकेका छौं।” उनले भने “हैजा प्रभावित क्षेत्रको अवस्थाका बारेमा निरन्तर अनुगमन भइरहेको र आवश्यकता अनुसार थप स्रोतसाधन परिचालन गर्न मन्त्रालय तयारी अवस्थामा रहेको छ।”

    हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिक लगायतका ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन्।

    विश्व स्वास्थ्य संगठनले उक्त किट मन्त्रालयलाई उपलब्ध गराएको हो। प्राप्त किटलाई मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागमार्फत हैजा प्रभावित जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा तुरुन्तै पठाउने व्यवस्था मिलाइएको छ ।

    केही समय अघि स्वास्थ्यमन्त्री पौडेलले हैजा प्रभावित वीरगञ्जको स्थलगत अनुगमन गरी बिरामीको निःशुल्क उपचार, औषधि, जीवनजल र अन्य आवश्यक स्वास्थ्य सामग्रीको मन्त्रालयमार्फत व्यवस्था गरेका थिए।

    मन्त्रालयले हैजाको प्रकोप नियन्त्रणका लागि सम्बन्धित् प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको जनाएको छ।

    देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन ती सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend