बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

images
२०८२ भाद्र २३ गते, सोमवार
२०८२ भाद्र २३ गते, सोमवार
  • काठमाडौं। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन्। 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार डा. ढकाललाई सो पदमा नियुक्त गरेका हुन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव हुन्। उनले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा हेर्दै आएका छन्।

    images

    मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश २०६८ को दफा ३ को उपदफा २ (क) को व्यवस्था बमोजिम डा. ढकाललाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। ऐनको व्यवस्था बमोजिम अध्यक्षको पदावधि ४ वर्षको रहनेछ।

    मन्त्रालयका पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अवकाश पाएपछि विकास समितिको अध्यक्ष पद रिक्त थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend