काठमाडौं। जनवरीयता जापनिज इन्सेफ्लाइटीसबाट २६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार जनवरीयता ५ सेप्टेम्बरसम्म १३४ जनामा संक्रमण भइ २६ जनाको मृत्यु भएको छ।
तथ्यांक अनुसार ३९ जिल्लाका ९५ पालिकामा जापानिज इन्सेफ्लाइटीस फैलिएको छ।
सबैभन्दा धेरै लुम्बिनी प्रदेशका ४५ जनामा संक्रमण देखिएको छ भने सो प्रदेशमा ९ जनाको मृत्यु भएको छ।
यस्तै कोसीमा १८, मधेमा १४, बाग्मतीमा २२, गण्डकीमा २०, कर्णालीमा ४ र सुदूरपश्चिममा ३४ जनामा संक्रमण पुष्टी भएको छ।
संक्रमित हुनेमा ५९ जना महिला र ७५ पुरुष छन् भने मृत्यु भएकामा महिला पुरुष १३/१३ जना रहेको महााखाको तथ्यांक छ।



