बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बिरगंजमा घट्दै हैजा संक्रमित, नियन्त्रण हुँदै गएको हो?

बिरगंजमा घट्दै हैजा संक्रमित, नियन्त्रण हुँदै गएको हो?

images
२०८२ भाद्र २२ गते, आइतवार
२०८२ भाद्र २२ गते, आइतवार
  • बिरगंज। बिरगंजमा देखिएको हैजा प्रकोप क्रमशः नियन्त्रणतर्फ उन्मुख हुँदै गएको छ।

    images

    बिरगंजमा शनिबार कुनै पनि नयाँ हैजा सङ्क्रमित नथपिएको र झाडापखालाका बिरामीको संख्या समेत घट्दै गएको बिरगंज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

    images

    महानगरपालिकाको तथ्याङ्कअनुसार बिरगंजमा कुल १९२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। तर शनिबार कुनै पनि अस्पतालमा हैजाका बिरामी उपचारका लागि आएका छैनन्।

    उपचारका लागि अस्पताल आएका हैजाका कुल १९२ जना बिरामी मध्ये १८४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा अझै उपचार भइरहेको छ।

    हाल उपचाररतमध्ये ५ जना आइसियुमा छन्। बिरगंज हेल्थ केयर अस्पतालमा २, नारायणी, तराई र सूर्य अस्पतालमा १/१ जनाको उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख राजु साहले जानकारी दिएका हुन्। यो तथ्यांकले बिरगंजमा हैजा नियन्त्रणउन्मुख रहेको साहले बताए।

    यसैगरी शनिबार साँझ ५ बहेसम्म विभिन्न अस्पतालमा ३६ जना झाडापखालाका बिरामी भर्ना भएका छन्, तर कुनै पनि बिरामीमा हैजा सङ्क्रमण पुष्टि भएको छैन। शुक्रवार ८ जना र बिहीबार २ जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो।

    महानगरपालिकाका अनुसार बिरगंजमा केही दिनयता निरन्तर झाडापखालाका बिरामीहरूको चाप पनि घट्दै गएको छ। 

    शनिबार झाडापखालाका ३६ जना नयाँ बिरामी थपिएकोमा शुक्रवार ५२ र बिहीबार ४६ जना सङ्क्रमित थपिएका हुन्।

    बिरगंजमा गत भदौ ६ गते पहिलो पटक तीन जनामा हैजा पुष्टि भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend