बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

५ हजार बढीमा देखियाे स्क्रब टाइफस

५ हजार बढीमा देखियाे स्क्रब टाइफस

images
२०८२ भाद्र २० गते, शुक्रवार
२०८२ भाद्र २० गते, शुक्रवार
  • काठमाडौं। याेवर्ष स्क्रब टाइफस संक्रमित हुनेकाे संख्या ५ हजार नाघेकाे छ। जनवरीयता अगष्ट अन्तिमसम्म ५ हजार १७ जनामा संक्रमण पुष्टि भएको ईपीडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाकाे तथ्यांक छ।

    images

    हालसम्म स्क्रब टाइफसबाट मृत्यु भने नभएको महाशाखाले जनाएको छ। संक्रमण बढी देखिनेमा संखुवासभा, चितवन, पाल्पा, दाङ, डाेटी, डडेल्धुरा, लमजुङ र अछाम छन्।

    images

    स्क्रब टाइफस खेतबारी तथा गाेठमा पाइने किर्नाकाे टाेकाईबाट हुने संक्रमण हाे। जसका कारण संक्रमितमा उच्च ज्वराे, टाउकाे तथा शरीरकाे दुखाई, ग्रन्थीहरु बढ्नेजस्ता समस्या देखिन्छ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक राेग विशेषज्ञ डा. बिमल चालिसे पछिल्लाे समय कृषक वर्ग यसबाट बढी संक्रमित भइरहेकाे बताउँछन्।

    `किर्नाकाे टाेकाईबाट बच्नु नै याे संक्रमणबाट जाेगिने मुख्य उपाय हाे, यो खेतिकिसानी गर्ने, घाँसपात गर्ने ब्यक्तिहरुमा देखिने संक्रमण हो।´ डा. चालिसेले भने।

    स्क्रब टाइफस एक व्यक्तिबाट नसर्ने तथा समयमै उपचार गरे जटिल नहुने भएकाले यस्ता लक्षण साथै शरीरमा किर्नाले टाेकेकाे दाग देखिए तत्काल उपचार गराउन डा. चालिसेकाे सुझाव छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend