मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीन महिनामा नेपाल भित्रियो साँढे ६ लाख थान स्मार्ट फोन

तीन महिनामा नेपाल भित्रियो साँढे ६ लाख थान स्मार्ट फोन

images
२०८१ कार्तिक १० गते, शनिवार
२०८१ कार्तिक १० गते, शनिवार
  • काठमाडौं। गत साउन महिना सुरु भएयता असोज अन्तिमसम्म नेपालमा विभिन्न ब्राण्डका ६ लाख ५५ हजार भन्दा बढि स्मार्ट फोन नेपाल भित्रिएको छ।

    images

    भन्सार बिभागको तथ्यांकअनुसार विभिन्न ब्राण्डका गरेर ६ लाख ५५ हजार ६३१ थान मोबाइल फोनहरु गत तीन महिनाको अवधिमा नेपाल आयात भएको हो। जसको मुल्य ९ अर्ब ८३ करोड २८ लाख ८८ हजार हुन आउँछ।

    images

    ती विभिन्न ब्राण्डका स्मार्ट फोनबाट सरकारले १ अर्ब ८३ करोड ३५ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ।

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा भने ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन आयात गरिएको थियो।

    सो तथ्यांक हेर्दा गत वर्ष भन्दा यसवर्ष सोही अवधिमा १३ हजार भन्दा बढि फोन सेट नेपाल भित्रिएको देखिन्छ।

    मुल्यका हिसाबले हेर्दा गत आर्थिक वर्षको सुरुको तीन महिनामा भन्दा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा ४० करोड बढिको मोबाईल आयात भएको छ।

    विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँका विभिन्न वस्तु नेपाल आयात भएको थियो।

    आयात भएका वस्तुमध्ये सबैभन्दा बढि पेट्रोलियम पदार्थ छ। तीन महिनाको अवधिमा २२ अर्ब १५ करोड ७० लाखको डिजेल, १६ अर्ब ६२ करोड ८२ लाखको पेट्रोल र १४ अर्ब ६ करोड ४४ लाखको खाना पकाउने एलपी ग्यास आयात भएको छ।

    यस्तै १२ अर्ब १० करोड ७७ लाखको फलाम, १० अर्ब ७३ करोड ७० लाखको फलाम तथा स्टिलका उत्पादन र ९ अर्ब ८३ करोड २८ लाखको स्मार्टफोन आयात भएको बिभागको तथ्यांक देखाउँछ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend