तनहुँ। तनहुँमा ३२ लाखमा स्वास्थ्य केन्द्र भवन बनाइएको छ। भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजार लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको वजेटबाट भवन निर्माण गरिएको सो वडका वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिए।
सो स्वास्थ्य केन्द्र संचालनमा आउँदा भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन्।
सो स्थानमा स्वास्थ्य केन्द्र नहुँदा स्थानीय बासिन्दा अपायक बोमाटार स्वास्थ्य केन्द्र पुग्नुपर्ने बाध्यता थियो। अब यो बाध्यताको अन्त्य भएको छ।



