काठमाडौं। विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थर्टी सार्वजनिक गरेको छ। 'ट्रान्सफर्म एभ्री मोमेन्ट'को नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो ।
स्पार्क थर्टीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबी सम्मको र्याम र २५६ जीबी स्टोरेज छ। स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिने कम्पनी बताउँछ।
५ हजार एमएएच ब्याट्री क्षमता भएको र १८ वाट फास्ट चार्जिङ सुविधा भएको यस फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिने कम्पनीको दावी छ।
साथै, १ हजार भन्दा बढी चार्ज साइकल सुनिश्चित गर्ने टिकाउ ब्याट्री यसमा समावेश गरिएको कम्पनीले जनाएको छ।
बम्बलबी एडिसनको आकर्षक डिजाइनले विशेष गरी युवा पुस्तालाई लक्षित गरेको छ। यसको आईपी ६४ धुलो र पानी प्रतिरोध क्षमताले फोनलाई टिकाउ र भरपर्दो बनाउँछ।
फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधासमेत रहेको छ। जसले यसलाई युनिभर्सल रिमोटको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकोले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दासमेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्दछ। साथै, पाँच वर्षको लामो समयसम्म कुनै ल्याग बिना प्रयोगको सुनिश्चितता दिने यो फोन अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा उत्कृष्ट रहेको कम्पनीले भनेको छ।
नेपाली बजारमा स्पार्क थर्टी (८ प्लस२५६ जीबी) बम्बलबी एडिसनको मूल्य २२ हजार ९९० राखिएको छ भने स्पार्क थर्टी मोडेलको मूल्य २२ हजार ४९० रहेको कम्पनीले जनाएको छ।
टेक्नो ब्रान्ड हाल ७० भन्दा बढी देशमा उपलब्ध छ। ‘स्टप एट नथिङ’ नारासहित कम्पनीले आफ्नो उत्पादनहरूको उत्कृष्टता र नयाँ प्रविधिको विकासमा निरन्तर अग्रसर छ।



