मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

इजरायलमा आँखाबाटै खप्परको ट्युमरको शल्यक्रिया

इजरायलमा आँखाबाटै खप्परको ट्युमरको शल्यक्रिया

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • काठमाडौं। इजरायलमा चिकित्सकहरुले टाउकोको खप्परको ट्युमर निकाल्दा नयाँ सफलता हात पारेका छन्। जसलाई न्यूरोसर्जरीमा एक कोसेढुङ्गा भनिएको छ।

    images

    इचिलोभ मेडिकल सेन्टरका चिकित्सकहरुले आँखाको सकेटबाट खोपडीको आधार ट्युमर हटाएका हुन्। जुन शल्यक्रियामा खप्पर खोल्न आवश्यक नै नभएको बताइएको छ। जसलाई इजरायलमा चिकित्सा शल्यक्रियामा ठूलो सफलताका रुपमा लिइएको छ।

    images

    यो घटना जुलाई २१ मा इचिलोभ मेडिकल सेन्टरमा भएको हो। यसरी आँखा बाट नै शल्यक्रिया गरेर खप्परको ट्युमर हटाउँदा कुनै दाग तथा दृष्टिमा असर नपरेको बताइएको छ। इजरायली संचारमाध्यम टाइम्स अफ इजरायलले यसलाई ठूलो उपलब्धि मान्दै समाचार बनाएको छ। यस्तै एनडीटीभी वर्लडले पनि यो समाचार प्रकाशित गरेको छ।

    यो शल्यक्रियामा न्यूरोसर्जरी, अकुलोप्लास्टिक्स, र ईएनटी विशेषज्ञहरूको टोली सक्रियतापुर्वक सहभागिता भएको भनिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend