मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालबाट एक वर्षमा २१ हजार सफल प्रसूति सेवा

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालबाट एक वर्षमा २१ हजार सफल प्रसूति सेवा

images
२०८२ श्रावण ३१ गते, शनिवार
२०८२ श्रावण ३१ गते, शनिवार
  • काठमाडौं। देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गत आर्थिक वर्षमा २१ हजार सफल प्रसूति गराएको छ।

    images

    शनिबार विशेष समारोह बीच आफ्नो ६६औं वार्षिकोत्सव मनाएको अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा २१ हजार सफल प्रसूति गराइएको बताएको हो।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पुर्‍याएको योगदानको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो।

    वि.सं. २०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल अहिल ४८९ शैय्यामा सञ्चालनरत छ। यस्तै यो अस्पताल लाखौं महिला तथा नवजात शिशुको आस्थाको केन्द्र बनेको छ।

    वार्षिकोत्सव समारोहमा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा मात्रै बहिरंग विभागबाट २ लाख ३३ हजार भन्दा बढीले सेवा लिएको जानकारी दिइएको हो।

    कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरे।

    अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक´ र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको मन्त्री पौडेलले बताए।

    भविष्यमा ‘परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताललाई ११ बेड थप गरेर ५०० बेड बनाइने’ साथै काठमाडौंका दुई नगरपालिकामा ‘२५-२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माण’को सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए।

    “प्रसूति गृह केवल एक अस्पताल होइन, यो लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो। यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हो”, “सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आईभीएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ। अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महतवपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु।” मन्त्री पौडेलको भनाई थियो। 

    कार्यक्रममा अस्पतालका निर्देशक श्री प्रसाद अधिकारीले अस्पतालको पछिल्लो प्रगति बारे जानकारी गराएका थिए।

    “अस्पतालले पछिल्लो समय सेवामा उल्लेख्य विस्तार गरेको छ। स्त्रीरोग सम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको छ।” अधिकारीले भने।

    उनले वर्तमान स्वास्थ्यमन्त्रीको अग्रसरतामा भूकम्पपछि रोकिएको सरकारी आईभीएफ सेवा पुनः प्रभावकारी रूपमा सञ्चालनमा ल्याइएको बताउँदै यसले निःसन्तान दम्पतीका लागि ठूलो राहत पुग्ने जानकारी गराए।

    अस्पतालले लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी), दुर्गमका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धारपछिको उपचार र गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाईमार्फत निःशुल्क उपचार जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend