मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विषाक्त मदिरा सेवनका कारण कुवेतमा २३ जनाको मृत्यु, मृत्युु हुनेमा ९ नेपाली

विषाक्त मदिरा सेवनका कारण कुवेतमा २३ जनाको मृत्यु, मृत्युु हुनेमा ९ नेपाली

images
२०८२ श्रावण ३० गते, शुक्रवार
२०८२ श्रावण ३० गते, शुक्रवार
  • काठमाडौं। कुवेतमा विषाक्त मदिरा सेवन गरेका २३ जनाको मृत्युु भएको छ। मृत्यु हुनेमा ९ जना नेपालीसमेत छन्।

    images

    मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध रहेको कुवेतमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवन गर्दा हालसम्म २३ जनाको मृत्यु भएको बताइएको छ। यस्तै मदिरा सेवन गरेका १६० जना अस्पतालमा उपचाररत छन्।

    images

    कुवेत स्थित नेपाली नियोगका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृत्यु हुनेमा ९ जना नेपाली नागरिक छन्। यस्तै ३० जना नेपाली बिरामी छन्। उनीहरूले लुकिछिपी मदिरा किनेको सुचना पाएको उनले जानकारी दिए। कुवेत सरकारले सो बारे प्रारम्भिक जानकारी दिएको छ।

    मृतकको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया पुर्याउनु पर्ने भएकाले समन्वय गर्ने काम भइरहेको आचार्य बताउँछन्। कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइन्छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend