मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतका रक्षामन्त्रीलाई ज्ञापनपत्र

मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतका रक्षामन्त्रीलाई ज्ञापनपत्र

images
२०८२ श्रावण ३० गते, शुक्रवार
२०८२ श्रावण ३० गते, शुक्रवार
  • नयाँदिल्ली। मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकास कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन्।

    images

    ठाकुरले बिहीबार नयाँदिल्लीस्थित रक्षा मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन्। सो क्रममा उनले मधेश प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवस्था र त्यसमा भारतले गर्न सक्ने सहयोग बारे ठाकुरलाई जानकारी गराए।

    images

    सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाहको समेत उपस्थिति थियो। 

    मधेश प्रदेशका धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरुलाई भारतसँग जोड्ने र तिनीहरुको प्रचार(प्रसारका लागि ज्ञापनपत्र बुझाइएको संयोजक ठाकुरले जानकारी दिए।

    ‘भारतसँग सीमा जोडिएको मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवं धार्मिक पर्यटन स्थलहरुको विकास एवं प्रवर्द्धनमा बारे भेटमा कुरा भयो, ती सबै विषय समेटिएको ज्ञापनपत्र बुझाएको छु।’

    भारतीय रक्षामन्त्री सिंहले नेपाल भारतको ऐतिहासिक र धार्मिक सम्बन्धलाई अहिलेको समयअनुसार अगाडि बढाउनुपर्ने अवश्यकता रहेको बताएको ठाकुरले जानकारी दिए।

    ज्ञापन पत्रमा मधेश प्रदेशका नागरिक ऐतिहासिक, सांस्कृतिक, भाषिक एवं पारिवारिक रूपमा भारतसँग जोडिएको र यो क्षेत्र विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन स्थलहरुले परिपूर्ण रहेको उल्लेख छ। 

    पत्रमा धनुषाको जनकपुरधाम (सीताको जन्मभूमि), धनुषाधाम, बाराको महागढ़ीमाई मेला स्थल, पर्साका देवधाम, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव, बर्दिवासस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिर, सर्लाहीको कविलासी नगरपालिकास्थित श्री चमेली माई मन्दिर, फरहदवास्थित रजवा महादेव मन्दिर, बलराको शितलीमाई मन्दिर, चन्द्रनगरस्थित नाढीमन ताल, बाग्मतीस्थित नुनथर पहाड, सप्तरीको राजविराजस्थित छिन्नमस्ता भगवती मन्दिर, हनुमाननगरस्थित श्री कंकालनी माता मन्दिर, रौटहटको मत्सरीस्थित श्री दुर्गा भगवती मन्दिर, शिवनगरस्थित शिवमन्दिर, सिरहाको सहलेश फुलवारी, लहानस्थित बाबा हरिहरनाथ मन्दिरलगायत अन्य धार्मिक एवम् पर्यटकीयस्थल नेपाल र भारतको साझा सांस्कृतिक धरोहरको प्रतीकको रुपमा रहेको र लाखौ श्रद्धालुको आस्थासँग जोडिएको भन्दै यी सबै धार्मिक स्थललाई भारतको प्रमुख धार्मिक पर्यटन मार्गसँग जोड्न माग गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend