मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गाजामा कुपोषणका कारण २१२ को मृत्यु, बालबालिका मात्र ९८ जना

गाजामा कुपोषणका कारण २१२ को मृत्यु, बालबालिका मात्र ९८ जना

images
२०८२ श्रावण २५ गते, आइतवार
२०८२ श्रावण २५ गते, आइतवार
  • गाजा। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २१२ पुगेको छ, जसमा ९८ जना बालबालिका छन्। शुक्रबार थप ११ जनाको मृत्यु भएपछि यो संख्या पुगेको हो।

    images

    गाजामा आमाहरूले आफ्ना बच्चालाई स्तनपान गराउन सक्ने अवस्था छैन। आमाहरु आफूलाई नै पोषण नपुगेको र बच्चालाई खुवाउने धुलो दूधको अभाव भएको बताइरहेका छन्।

    images

    युनिसेफले गाजाका बालबालिकालाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकता रहेकोमा जोड दिएको छ।

    हमासको मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ३८ जनाको मृत्यु र ४९१ जना घाइते भएका छन्।

    यसैबीच, इजरायलले गाजा शहरलाई नियन्त्रणमा राख्ने योजना अन्तर्गत बासिन्दालाई ७ अक्टोबर २०२५ सम्म शहर खाली गर्न अल्टिमेटम दिएको छ। इजरायली सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको नयाँ योजनामा युद्ध अन्त्यका लागि पाँच सिद्धान्त प्रस्तुत गरिएको छ, जसमा ‘गाजामाथि सुरक्षा नियन्त्रण कायम राख्नु’ पनि समावेश छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend