काठमाडौं। विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी४० लाईट बजारमा ल्याएको छ। भिभोले २ कार्तिकदेखि सो स्मार्ट फोन नेपाली बजारमा ल्याएको हो।
भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी४० लाईट उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई प्रवर्धित फोटोग्राफी क्षमताको छ।
दुई आकर्षक रंग विकल्पहरू टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध भिभो भी४० लाईट उपलब्ध हुनेछ। प्रभावशाली अल्ट्रा स्लिम डिजाइन र उच्च कार्यक्षमता रहेको सो फोनको पछाडिको भागमा नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युल रहेकाले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ।
फोनमा मेटालिक हाई ग्लस फ्रेम पनि छ। जसले फोनलाई प्रिमियम लुक दिँदै फोनको स्लिम डिजाइनलाई कायम राख्ने कम्पनीको दावी छ।
सो स्मार्टफोनलाई आई पि ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएकोे छ। जसले वातावरणीय प्रभावबाट सुरक्षा प्रदान गर्दछ भने दैनिक प्रयोगको चुनौतीलाई सजिलै सहन सक्षम बनाउँने कम्पनी बताउँछ।
भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भने, `हामी भिभो भी४० लाईट नेपाली बजारमा ल्याउन पाउँदा निकै खुसी छौँ।
यो फोनले आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक एआई–प्रवर्धित इमेजिङलाई एक स्लीक प्याकेजमा समेटेको छ। नयाँ मोडलको परिचयले मोबाइल प्रविधिमा सधैँ नयाँ कीर्तिमान कायम गर्ने र आफ्ना ग्राहकलाई राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतालाई भिभोले दर्शाएको छ।
भिभो भी४० लाईटमा ५००० एम ए एच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता छ। जसले फोनलाई छिटो चार्ज गर्न मद्दत गर्दछ भने प्रयोगकर्ताहरूलाई सधैं पावर अन भएको महसुस गराउँने कम्पनी बताउँछ।
भिभो भी४० लाईटले ४ वर्षको ब्याट्री स्वास्थ्य पनि सुनिश्चित गर्ने कम्पनी दाबी छ। जसले भिभोको भरपर्दो उपकरण निर्माणको प्रतिबद्धतालाई देखाउने बताइएको छ।
भिभो भी४० लाईटले प्रयोगकर्ताहरूलाई अविश्वसनीय दृश्य अनुभव प्रदान गर्ने तथा विशेष गरी अन–दी–गो भिडियो सामग्री हेर्न मन पराउने प्रयोगकर्ताहरूका लागि यो एक व्यक्तिगत सिनेमाघर जस्तै हुनेछ बताइएको छ।
डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्ने कम्पनी बताउँछ।
भिभो भी४० लाईटले एआई आधारित औरा लाइट पोट्रेट फिचरले कम प्रकाश भएको वा रातको समयमा पनि फोटोहरूलाई अद्भुत बनाइदिने कम्पनिको अर्को दाबी छ। यी बहेक पनि सो फोनमा एआई ईरेज र एआई फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरू उपलब्ध छन। जसले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्दछ।
८ प्लस ८ जि बी को विस्तारित र्याम र २५६ जीबी स्टोरेज क्षमता रहेको यस फोनले प्रयोगकर्ताहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउने र यसको हरेक नवीन पक्षले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव दिनेमा कम्पनी विश्वस्त छ ।
सो स्मार्ट फोनको मुल्य ३६ हजार ९९९ तोकिएको छ। भिभो भी४० लाईट ग्राहकहरूले दराज अनलाईन मार्फत सुरक्षित गर्न सक्ने वा देशभरका सबै मुख्य रिटेल स्टोरहरूबाट पनि खरिद गर्न सकिने कम्पनिले जनाएको छ।



