मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रथम कोदो दिवस

खाद्य तथा पोषण सुरक्षाका लागि कोदो, कोदोमा केके पाइन्छ?

खाद्य तथा पोषण सुरक्षाका लागि कोदो, कोदोमा केके पाइन्छ?

images
२०८२ श्रावण १६ गते, शुक्रवार
२०८२ श्रावण १६ गते, शुक्रवार
  • काठमाडौं। सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउँदै छ।

    images

    ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस मनाउन लागिएको हो।

    images

    सरकारले यो दिवस कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि भन्दै मनाउन लागिएको बताएको छ।

    कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले प्रथम कोदो दिवसका लागि ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको जानकारी दिए।

    स्वास्थ्यका दृष्टिकोणबाट कोदोका परिकार पचाउन सहज मानिन्छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ। कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत मानिन्छ भने तौल घटाउनका लागि समेत कोदो उपयुक्त परिकार रुपमा लिइन्छ।

    कोदोलाई मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख मानिन्छ।

    विभिन्न अध्ययन अनुसार कोदोमा चामल र मकैभन्दा ३५ गुणा तथा गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ। यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ।

    इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावादको तथ्यपत्रअनुसार कोदोबाट धेरै फाइदा लिन सकिन्छ। महामारीसम्बन्धी अध्ययनहरूले कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्धीकरण गर्छ/ विषाक्तता हटाउँछ, श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ (पुनर्निर्माण हुन नसक्ने) रोगविरुद्घ सुरक्षा प्रदान गर्छ।

    पछिल्लो समय कोदोको परिकार सहरी क्षेत्रमा समेत लोकप्रिय बन्दै गएको छ। ग्रामिण भेगमा पहिलेपहिले बढी प्रचलनमा रहेको कोदो अहिले सहरी क्षेत्रमा बिस्कुट, मम:, सुप, ढिडो, रोटी, सेलरोटी लगायतका स्मार्ट खानाका परिकारका रुपमा प्रयोगमा आउन थालेको छ।

    देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए। 

    कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको बताएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend