मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एनआरएनए अष्ट्रेलिया चुनाव : भिक्टोरियाबाट एससीसी सदस्यमा सबैको रोजाइमा रोहित

एनआरएनए अष्ट्रेलिया चुनाव : भिक्टोरियाबाट एससीसी सदस्यमा सबैको रोजाइमा रोहित

images
२०८२ श्रावण १ गते, बिहिवार
२०८२ श्रावण १ गते, बिहिवार
  • अष्ट्रेलिया। अष्ट्रेलियामा नेपाली समुदायको सुखदुःखमा सक्रिय रहँदै आएका युवा रोहित बस्नेतले एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि भिक्टोरियाबाट एससीसी सदस्य पदमा उम्मेदवारी दिएका छन।

    images

    जुलाई २६ का दिन हुन लागेको निर्वाचनका लागि बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उनले अष्ट्रेलियामा निरन्तर सामाजिक सेवाको काममा आफुलाई अब्बल रुपमा अघि राख्दै आइरहेका छन।

    images

    बस्नेतले नेपाली समुदायसँग नजिकिएर निरन्तर सेवा गर्दै आएका कारण उनी सबैका प्रिय छन। बस्नेतले विगत सात वर्षदेखि फुटबल क्लब, स्थानीय संघसंस्था र एनाआरएनए हेल्पिङ ह्यान्ड जस्ता अभियानहरूमासमेत सहभागिता जनाउँदै आएका छन्।

    भिक्टोरियाबाट एससीसी सदस्य पदमा उम्मेदवार बन्ने बताएका बस्नेतले आफ्ना लागि सेवाको कार्य सन्तुष्टिसँग जोडिएको बताए। `म सामाजिक काममा गर्व र सन्तुष्टि प्राप्त गर्छु। समुदायको सेवा मेरो पहिलो भाव हो।´ बस्नेतले भने।

    बस्नेतले अघि भने, “२०१७ देखि मैले समुदायका विभिन्न तहमा काम गर्ने अवसर पाएको छु। तपाईँहरूकै साथ, विश्वास र प्रेरणाले आज म फेरि उम्मेदवार बन्ने साहसका साथ मैदानमा अघि बढ्दै छु। मलाई नेतृत्व तहमा उभ्याउन यहाँहरु सबैको माया देखेको छु, अब मतको आवश्यकता छ।”

    उनले एनआरएनए अष्ट्रेलियाको आगामी भविष्य अझ सशक्त, समावेशी र नेपाली डायस्पोराको वास्तविक प्रतिनिधित्व गर्ने बनाउन आफुले सकेको योग्दान दिन प्रतिबद्ध रहेको पनि बताए।

    उनले एकता र सहकार्यद्वारा NRNA अष्ट्रेलियालाई थप सबल बनाउने, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा नेपाली प्रतिभाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने, सकारात्मक परिवर्तनका लागि नयाँ सोच र निरन्तर प्रयासलाई प्रोत्साहन गर्ने, NRNA लाई केवल संस्था नभई समुदायको साझा अभियान बनाउने लगायतका आफ्नो एजेन्डा अघि सारिसकेका छन।

    “हामी मिलेर एउटा यस्तो अभियान अगाडि बढाऔं, जसले सम्पूर्ण नेपाली डायस्पोराको हितमा आवाज उठाओस्, र विश्वभरिका नेपालीलाई एकताको सूत्रमा बाँधोस्।” रोहित बस्नेतले सुनाए।

    निर्वाचनका लागि अध्यक्ष पदमा सन्तोष कुँवर, सञ्जीव ढकाल गोर्खाली र भैरवप्रसाद ढकालको उम्मेदवारी दर्ता भैसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend