मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

न्यु साउथ वेल्स च्याप्टरले मनायो ११२ औ भानु जयन्ती

न्यु साउथ वेल्स च्याप्टरले मनायो ११२ औ भानु जयन्ती

images
२०८२ आषाढ २९ गते, आइतवार
२०८२ आषाढ २९ गते, आइतवार
  • अष्ट्रेलिया। अनेसास न्यु साउथ वेल्स च्याप्टरले "अनेसास कविता महोत्सव २०२५" आयोजना गर्दै ११२ औ भानु जयन्ती मनाएको छ।

    images

    अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरले ११२ औ भानु जयन्ती गत १२ जुलाई शनिवार सिड्नीको प्रिशा इभेन्ट, ब्ल्याकटाउनमा "अनेसास कविता महोत्सव २०२५" आयोजना गरिएको हो।

    images

    एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल थिए।

    कार्यक्रममा एनआरएनएका अध्यक्ष पोख्रेल र अनेसासका पूर्व अध्यक्षद्वय महेन्द्र पौडेल र सानु घिमिरेले संयुक्त रुपमा “अनेसास बोर्ड अफ अनर” को उद्घाटन गरेका थिए जसमा अनेसासको स्थापनाकाल देखि हाल सम्मका अध्यक्षहरुको को नाम र कार्यकाल लेखिएको छ।

    आदिकवि भानुभक्तप्रति श्रद्दासुमनका साथ दमन्ती पराजुलीले भानुभक्तको कविता वाचन गरेर शुरु भएको कविता महोत्सवमा वरिष्ठ गजलकार पौडेल, कवि एवं साहित्यिक सर्जकहरु जीवराज घिमिरे, त्रिपुरा पौडेल लगायत करीब तीन दर्जन कविहरुले कविता वाचन गरेका थिए।

    आफ्ना रचना वाचन गर्ने अन्य कवि एवं साहित्यकारहरुमा महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभ किरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, रिचा गौतम, जानकी पौडेल, सन्तोष शर्मा ,डा गणेश केसी, सुमन थापा संगम, मुक्तिराम पोख्रेल, चतुर्भुज खरेल, भावना पराजुली, जेनिशा गौतम, बिष्णु घिमिरे, आयाम घिमिरे, डा राजु मानन्धर, प्रविन टन्डन, राम कोइराला, राहुल अर्याल, नेत्र प्रसाद पौडेल, सन्तोष रिजाल आदि रहेका थिए।

    कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै एनआरएन अस्ट्रेलियाका अध्यक्ष पोख्रेलले विदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको महत्व र अनेसासको सक्रियताको मुक्तकण्ठले प्रशंसा गर्दै एनआरएन अस्ट्रेलिया नेपाली भाषा र साहित्यको उत्थानमा कट्टीवद्ध भएको भन्दै आगामी दिनहरुमा अनेसाससंग एनआरएनएले अझ उपलब्धिमूलक सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताए।

    कार्यक्रमलाई सहयोग एवं प्रायोजन गर्ने व्यक्तित्वहरु अनिल पोख्रेल, रंजित शाह, चतुर्भुज खरेल, बिनोद कुँवर र मनकाश पियालाई संस्थाका अध्यक्ष र महासचिवले “टोकन अफ लभ” हस्तान्तरण गरेका थिए भने कार्यक्रम संयोजन सहयोगका लागि जेनिशा गौतम र मिडिया मार्फत विशेष सहयोगको लागि बचन न्युजका जीवन रायमाझीलाई समेत सम्मान गरिएको थियो।

    अनेसासका अध्यक्ष डा प्रकाश पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा निरन्तर साहित्यिक सक्रियता र पुस्तक प्रकाशन सहित अनेसासलाई विशेष योगदान पुर्याउने संस्थाका सल्लाहकार राम कोइरालालाई अनेसास वर्ष अवार्ड प्रदान गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend