मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीसँग कांग्रेस असन्तुष्ट : गगन र आरजुलाई लिएर देउवा किन गए वालुवाटार?

प्रधानमन्त्रीसँग कांग्रेस असन्तुष्ट : गगन र आरजुलाई लिएर देउवा किन गए वालुवाटार?

images
२०८१ कार्तिक ४ गते, आइतवार
२०८१ कार्तिक ४ गते, आइतवार
  • काठमाडौं। सरकारको पछिल्ला गतिविधि र कामकारवाहीप्रति मुख्य सत्तारुढ दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ।

    images

    सरकारका गतिविधि, प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलाप, कांग्रेसले सम्हालेका मन्त्रालयमा प्रधानमन्त्रीको हस्तक्षेपकारी भुमिका र बाढिपहिरो प्रभावितहरुका सवालमा कांग्रेस प्रधानमन्त्रीसँग असन्तुष्ट देखिएको छ।

    images

    उक्त विषयमा कुराकानी गर्न कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार साँझ महामन्त्री गगन थापा र सरकारमा परराष्ट्र मन्त्री रहेकी आफ्नी पत्नी आरजु राणालाई लिएर प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका हुन।

    `कांग्रेस सभापति देउवाले सरकारका कामकारवाहीका विषयमा प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्नु भएको छ, धेरै कुरा भएका छन,´ कांग्रेस उच्च स्रोतले भन्यो।

    देउवा आफुलाई भेट्न आउने खबर पछि नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली पार्टीको बैठक छोट्याएर वालुवाटार पुगेका थिए।

    कांग्रेस प्रधानमन्त्रीले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउन खोजेपछिसमेत सशंकित बनेको छ।

    प्रधानमन्त्रीले साना राजनीतिक दललाई अध्यादेश मार्फत फुटाएर आफ्नो दलमा जोड्ने प्रयास गरेको भन्दै कांग्रेस वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले आइतबार बिराटनगरमा एक कार्यक्रममा धारणा राख्दै असन्तुष्टि जनाएका थिए। उनले दलसम्बन्धि विधेयकले प्रश्नचिन्ह खडा गरिदिएको बताएका थिए।

    प्रधानमन्त्रीको सचिवालयले भने कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबिच समसामयीक राजनीतिक अवस्था र सरकारका कामकारवाहीबारे छलफल भएको जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend