मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारतमा नेपाली युवा नवीन जोशीको सक्रियता, ३५ नेपालीको उद्धार, नेपाल ल्याइने

भारतमा नेपाली युवा नवीन जोशीको सक्रियता, ३५ नेपालीको उद्धार, नेपाल ल्याइने

‘मटन–चिकेन खुवाउँछु भन्थ्यो, आलु र बेसार–पानी खुवायो’

images
२०८२ आषाढ ८ गते, आइतवार
२०८२ आषाढ ८ गते, आइतवार
  • काठमाडौं। आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपालीलाई उद्धार गरिएको छ।

    images

    गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको हो। उनीहरूलाई सम्भवत: आगामी मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ।

    images

    निर्देशक जोशीले अदालती र प्रशासनीक प्रक्रिया पूरा गरेर उनीहरुलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए।

    ‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौं। नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने।

    पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याइ बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एकजना विरेन्द्र शाही भन्ने ब्यक्तिले आफ्नो अंकलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशिपुरमा ल्याएर फसाएको बताए।

    ‘मैंले केही थाहा पाइन, मेरो दिनेश अंकलको फेक आइडी बनाएको रहेछ। अंकलले नै भनिसकेपछि राम्रो पैसा कमाइने रहेछ भनेर पैसा बुझाएर आएँ। लगभग चार लाख ऋण नै लाग्यो। विश्वासमा परेर यता आइयो तर फसियो,’ उनले भने,‘यता रहनुभएको अकंलसँग भेट पनि भएन। खानेकुरा पनि सुरुमा चिकम–मटन दिने र राम्रो काम लगाइदिने भनियो। तर विभिन्न वहानामा कोठा थुनेर राखियो। यातना दिइयो। खानेकुरा पनि आलु, बेसार–पानी दिइयो। ज्यादै दुःख पायौं।’

    घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उनीहरुको उद्धार कार्य सम्पन्न गरेको हो।

    केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैंयाँसम्म असुल्ने गरेको बताए।

    ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने।

    जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन्।

    नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका  वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend