मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

४९२ कैदीबन्दीको कैद मिनाहा गर्न सिफारिस

४९२ कैदीबन्दीको कैद मिनाहा गर्न सिफारिस

images
२०८१ भाद्र २० गते, बिहिवार
२०८१ भाद्र २० गते, बिहिवार
  • काठमाडौं। कारागार व्यवस्थापन विभागले देशका विभिन्न कारगारमा कैद भुक्तान गरिरहेका ४९२ जना कैदीबन्दीको कैद मिनाहा गर्न सिफारिस गरेको छ।

    images

    विभागले संविधान दिवसका अवसरमा असल चालचलन भएका कैदीबन्दीको कैद मिनाहा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए।

    images

    गृह मन्त्रालयले सो सम्वन्धि प्रस्ताव तयार गरी मन्त्रीपरिषद्मा लगेपछि कैद मिनाहा बारे थप निणर्य हुनेछ। हरेक वर्ष ३ असोजमा संविधान दिवस मनाइने गरिएको छ।

    यसअघि गणतन्त्र दिवसको अवसरमासमेत कैद मिनाहाका लागि विभागले ६०१ जना कैदीबन्दीको नाम सिफारिस गरेको थियो।तर विभिन्न कानुनी व्यवधानका कारण उनीहरुले कैद मिनाहा पाएका छैनन्।

    गृह मन्त्रालयले मन्त्रीपरिषद्मा लैजाने थप ४९२ जनाको कैद मिनाहा सम्वन्धि प्रस्तावसमेत स्वीकृत भए गणतन्त्र दिवसमा सिफारिसमा परुका ती कैदीबन्दीसमेत अब एकैपटक संविधान दिवसका अवसरमा छुट्ने छन्। सबै नाम स्वीकृत भए विभागबाट सिफारिसमा परेका कूल १ हजार ९३ जना कैदीबन्दीको बाँकी कैद मिनाहा हुनेछ।

    फौजदारी कसुर सजाय निर्धारण ऐन आउनुअघि सजायबारे फैसला भएका कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशत सजाय छुट पाउने व्यवस्था थियो।

    फौजदारी कसुर सजाय निर्धारण ऐन आएपछि ५० प्रतिशत कैद भुक्तान गरेका र नकारात्मक सूचीमा नपरेकाहरुको कैद मिनाहा गर्ने गरिएको छ। तर, जन्मकैद पाएका, जघन्य अपराधमा मुछिएका र लागु औषध मुद्दामा जेल परेकाहरूलाई भने कैद छुट को सुविधा दिइँदैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend