मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एयर इन्डियाको विमानको `ब्ल्याक बक्स´ भेटियो, हुन सक्छ दुर्घटनाको कारण पत्ता लगाउन सहज

एयर इन्डियाको विमानको `ब्ल्याक बक्स´ भेटियो, हुन सक्छ दुर्घटनाको कारण पत्ता लगाउन सहज

images
२०८२ जेठ ३० गते, शुक्रवार
२०८२ जेठ ३० गते, शुक्रवार
  • काठमाडौं। भारतको अहमदावादमा हिजो बिहीबार दुर्घटनामा परेको एयर इन्डियाको विमानको ब्ल्याक बक्स भेटिएको छ।

    images

    बिहीबार दिउँसो १ बजेर ३८ मिनेटमा बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान उड्ने बित्तिकै दुर्घटनामा परेको थियो भने विमानमा रहेका २४२ जना मध्ये एक जना मात्रै बाँच्न सफल भएका थिए।

    images

    बिहीबार र शुक्रबार दिनभर विमान र विमान ठोक्किएको स्थानका मृतक र घाइतेहरूको खोजी र उद्दारमा रहेको भारतीय सुरक्षाकर्मी तथा उड्डयन विभागले शुक्रबार साँझ सो विमानको ब्ल्याक बक्स फेला पारेको हो।

    ब्ल्याक बक्स भेटिएपछि दुर्घटना के कसरी भएको थियो भन्ने पत्ता लगाउन सहज हुनेछ। सो यन्त्रमा विमानका चालकदलका सदस्यहरूबीच भएको संवादको रेकर्ड हुनेछ भने त्यसमार्फत धेरै विषयहरू खुल्ने छन। अहिले सो दुर्घटनाको विषयमा विभिन्न कोणबाट व्याख्या भैरहेको छ।

    “सुरुमा मलाई पनि म मर्न लागेंकी जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,” बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट भारतको राष्ट्रिय प्रसारक डीडी न्यूजसँग भने।

    प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २६५ जनाको शव गणना गरिएको र विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा २४ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिए। सो विमान करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो। 

    मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend