मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, दुर्घटनास्थलमा धुवाँको मुस्लो

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, दुर्घटनास्थलमा धुवाँको मुस्लो

images
२०८२ जेठ २९ गते, बिहिवार
२०८२ जेठ २९ गते, बिहिवार
  • काठमाडौं। भारतको अहमदाबादमा २४२ जना यात्रु सवार एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। विमान अहमदाबादबाट दिउँसो १:३८ मा लन्डन ग्याटविकका लागि उडेको थियो।

    images

    अहमदाबाद जोन–४ का डीसीपी कानन देसाईले विमान दुर्घटना भएको पुष्टि गरेका छन्। यस्तै एयर इन्डियाले पनि दुर्घटनाको पुष्टि गरेको छ। घटानास्थलमा बाक्लो धुवाको मुस्लो देखिएको छ।

    images

    अहमदाबाद विमानस्थलको टर्मिनल १ प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो। त्यसपछि अनुसन्धानको लागि सम्पूर्ण टोली घटनास्थलमा पठाइएको छ। दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर हो।

    अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार एजेन्सी पीटीआईलाई भने, ‘विमानस्थल नजिकै मेघनानगर क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको छ।’

    अग्नि नियन्त्रक जयेश खारियाले भने,‘विमान दुर्घटनाग्रस्त भएपछि आगो लागेको थियो। आगो निभाउन दमकलका गाडीहरू पठाइएको छ।’

    घटना हुनुअघिको विमान तल झर्दैगर्दा ठोक्किएर आगो लागेका दृश्यहरु पनि सार्वजनिक भैरहेका छन।

    एयर इन्डियाले आफ्नो फेसबुकमा कालो संकेत राखेको छ। उसले लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’

    एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू सार्वजनिक गर्ने बताएको छ।

    विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend