मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अष्ट्रेलियाको ब्रिस्बेनमा नेपालीले संचालन गरेको सुन पसल लुटपाट, संचालक घाइते

अष्ट्रेलियाको ब्रिस्बेनमा नेपालीले संचालन गरेको सुन पसल लुटपाट, संचालक घाइते

images
२०८२ जेठ २८ गते, बुधवार
२०८२ जेठ २८ गते, बुधवार
  • अष्ट्रेलिया। अष्ट्रेलियाको ब्रिस्बेनमा नेपालीद्वारा संचालित सुन पसल लुटपाट भएको छ। 

    images

    ब्रिस्बेनमा संचालन हुँदै आएको श्री गणेश ज्वेलरी मंगलबार साँझ लुटपाट भएको हो। हथौडी र रड बोकेर आएका चार जना लुटेराहरुको समूहले सञ्चालक विजय सुनार माथि आक्रमण गरी ठूलो परिणाममा महँगा  गरगहनाहरु लुटेर लगेको स्थानीय भरत पौडेलले जानकारी दिएका हुन्।

    images

    लुटेराहरुले सुनारको टाउकोमा हथौडीले आक्रमण गरेपछि उनी घाइते छन। लुटेराहरुले उनलाई आक्रमण गरेर घाइते बनाएपछि सुन पसल तोडफोड गरी गरगहना लुटपाट समेत गरेको क्विन्सल्यान्ड प्रहरीले जनाएको छ।

    आक्रमणछि  सख्त घाइते भएका ब्यवसायी सुनारलाई आकस्मिक सल्यक्रिया गर्नु परेको थियो। सुनारलाई  रोयल ब्रिस्बेन् र विमन्स् अस्पताल लगिएको थियो।

    गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले ब्रिस्बेनमा नेपाली व्यवासायी माथिको आक्रमण र लुटपाटको घटनाको कडा निन्दा गर्दै एक प्रेस बिज्ञप्ती जारी गरेको छ।

    बिज्ञप्तीमा यस्तो घटना पहिलो नभएको भनिएको छ। गत महिनामै यस्ता केही घटनाहरू बारे सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको र यो घटनाले नेपाली मूलका व्यवसायीहरुलाई लक्षित गरी योजनाबद्ध आक्रमण हुनसक्ने आशंका अझ बढाएकोमा चिन्ता ब्यक्त गरिएको छ।

    व्यवसायी माथि आक्रमण गर्ने आपराधिक समूहको पहिचान गरी कानूनी कारबाही अगाडी बढाउन तथा चोरीका घटनाबारे सूक्ष्म ढंगले छानबिन गर्न एनआरएन् अष्ट्रेलियाले माग गरेको छ।

    बिज्ञप्तीमा अष्ट्रेलियामा रहेका नेपाली समुदायको सुरक्षाका लागि तत्काल उचित कदम चाल्न समेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend