मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आइफोनको सिपियु मर्मत सम्बन्धि वर्ल्डकपमा नेपालबाट प्रतिस्पर्धामा पुगे रायमाझी, ११ मिनेटमा बनाए सिपियु

आइफोनको सिपियु मर्मत सम्बन्धि वर्ल्डकपमा नेपालबाट प्रतिस्पर्धामा पुगे रायमाझी, ११ मिनेटमा बनाए सिपियु

images
२०८२ जेठ २७ गते, मंगलवार
२०८२ जेठ २७ गते, मंगलवार
  • काठमाडौं। आइफोनको सिपियु मर्मत सम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता `ग्लोबल कप वाइसीएस २०२५´ मा सहभागी भएर फर्किएका सुमन रायमाझीलाई नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ।

    images

    विश्वका २५ देशबाट सहभागी भएका मोबाइल टेक्निसियनहरुले सो प्रतिस्पर्धामा भाग लिएकोमा नेपालबाट हेटौंडाका रायमाझी एक्लो सहभागिता थिए। सो प्रतिस्पर्धा मे २० देखि २२ सम्म चिनको सेन्जेनमा आयोजना गरिएको थियो भने प्रतिस्पर्धामा सहभागिताका लागि अनलाइन आवेदन मागिएको थियो। प्रतिस्पर्धामा २५० भन्दा बढी टेक्निसियन सहभागी थिए।

    images

    सो तालिममा विश्वभरका टेक्निसियनहरुका बिचमा पहिले कसले आइफोनको सिपियु तथा क्र्याक डीस्प्ले मर्मत गर्ने भन्ने प्रतिस्पर्धा चलाइएको थियो। प्रतिस्पर्धामा ब्राजिलका टेक्निसियन प्रथम भएका थिए। उनले ५ मिनेट ७ सेकेन्ड लगाएर आइफोनको सिपियु मर्मत गरेका थिए।

    यस्तै चिनका प्रतिस्पर्धीले ५ मिनेट २४ सेकेन्ड लगाउँदै दोस्रो तथा भारतका प्रतिस्पर्धी ७ मिनेट ३५ सेकेन्ड समय लगाउँदै तेस्रो भएका थिए।

    विश्वका प्रतिस्पर्धिहरुका बिचमा पुगेर आफ्नो कौशल देखाएकाले रायमाझीलाई सम्मान गरिएको मोबाइल ब्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष एसिस रिजालले जानकारी दिए। रायमाझीले आइफोनको सिपियु मर्मत गर्न ११ मिनेट लगाएका थिए।

    उनको सम्मानमा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रमेश घिमिरे लगायत सहभागी थिए। रायमाझी आफ्नै खर्चमा चीन गएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend