मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्यानडामा सगरमाथा दिवस, नेपालको साहसिक पर्यटनबारे चर्चा

क्यानडामा सगरमाथा दिवस, नेपालको साहसिक पर्यटनबारे चर्चा

images
२०८२ जेठ २० गते, मंगलवार
२०८२ जेठ २० गते, मंगलवार
  • काठमाडौं। क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

    images

    अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेतको संयोजनमा विभिन्न कार्यक्रम गरिएको हो

    images

    चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षता र चेम्बरकै सचिव किरण खरेलले सहजीकरण गरेको कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टाले सगरमाथा आरोहणमा अनुभव सुनाएका थिए।

    डेभ रोड़्नी तथा मिग्मा तेन्जिङ शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हिमाली क्षेत्रको अवस्था र आरोहणबारे चर्चा गरिएको थियो। विभिन्न सांगीतिक प्रश्तुतीसहित भएको कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिडियोमार्फत प्रश्तुत गरिएको थियो।

    कार्यक्रममा नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान)का तर्फबाट रामचन्द्र सेढाइ तथा त्रिभुवन विश्व विद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा.पशुपति न्यौपानेले शुभकामना सन्देश पठाएका थिए। 

    नेपालस्थित संस्था र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सबीच विभिन्न कार्यक्रमका लागि सहकार्य गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। कार्यक्रममा क्यालगरी स्थित नेवाः समाज, तामाङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस) का प्रतिनिधिहरुको उपस्थिति थियो।

    कार्यक्रममा एनसीएसीका अध्यक्ष प्रकाश बस्याल, गैर आवासीय नेपाली संघका अध्यक्ष माधव दुलाल, पाली मेला २०२५ का संयोजक श्रीकान्त अर्यालले मन्तब्य राखेका थिए। चेम्बरका उपाध्यक्ष दिवस ढकालले नेपाल स्थित हिमालय क्षेत्र र विशेषगरि सगरमाथाको ऐतिहासिक महत्वसहितको प्रस्तुतीकरण दिएका थिए।

    त्यस्तै यता, ओटावास्थित नेपाली दूतावास र क्यानडा र नेपाल मैत्री तथा सांस्कृतिक समाजले संयुक्त रूपमा भ्यानकुभरको बर्नाबीमा अन्तर्राष्ट्रिय सगरमाथा  दिवस मनाइएको थियो।

    क्यानडाका लागि नेपालका राजदूत पौड्यालले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले गरेको सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक महत्त्वलाई जोड दिंदै हिमाली साहसिक कार्य र पर्वतारोहणमा शेर्पा समुदायको योगदानको प्रशंसा गरे।

    उनले क्यानेडियन पर्यटकहरूलाई नेपाल भ्रमण गर्न र साहसिक कार्य, संस्कृति, आध्यात्मिकता र प्राकृतिक सौन्दर्यको आनन्द लिन प्रोत्साहित गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend