मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाली रेडियोकर्मी प्रदीप अष्ट्रेलियामा पुरस्कृत

नेपाली रेडियोकर्मी प्रदीप अष्ट्रेलियामा पुरस्कृत

images
२०८२ जेठ १० गते, शनिवार
२०८२ जेठ १० गते, शनिवार
  • अस्ट्रेलिया। नेपाली रेडियोकर्मी प्रदीप तिमल्सिना अस्ट्रेलियामा पुरस्कृत भएका छन। मेलबर्नमा शनिबार आयोजित एक कार्यक्रममा तिमल्सिनालाई पुरस्कृत गरिएको हो।

    images

    क्यानबेरामा एफएम ९१.१ का नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा संचालक तिमल्सिना अष्ट्रेलियाको भाषाभाषीहरुको प्रसारक छाता संगठन नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (एन् एम् बि सि) द्वारा हरेक बर्ष प्रदान गरिने कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट सम्मानित भएका हुन्।

    images

    अष्ट्रेलिया भरबाट यस बर्ष बिभिन्न आठ बिधाबाट ५१ जना मनोनयानमा परेका थिए। जसमध्ये तिमल्सिना इनोभेटीभ मल्टिकल्चरल प्रोग्राम, बेष्ट इथ्निक प्रोग्राम अफ द एयर र कम्युनिटी इम्प्याक्ट गरि तीन बिधामा मनोनयनमा परेका थिए।

    उनले उत्पादन गरेका कार्यक्रमहरु अष्ट्रेलियाली संचारविदहरुले मुल्यांकन गरि ती सामग्रीहरुको गुणस्तरीयता, दर्शक श्रेताहरुका प्रतिक्रिया र उनका सामग्रीहरुले अष्ट्रेलियाली बहुसांस्कृतिक समूदायमा पुर्याएको सकारात्मक प्रभावका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो।

    तिमल्सिनाले यो पुरस्कारले आफूलाई अझै थप जिम्मेवारी थपिएको र  समूदाय प्रति आफू अझ कर्तव्यनिष्ट हुने बताएका छन्।

    तिमल्सिना सन् २००८ मा अष्ट्रेलिया आए देखिनै अष्ट्रेलियाको सामुदायिक रेडियोसँग आबद्ध छन्। उनले सिड्नीको च्यास्उडस्थित नर्थ सोर रेडियोमा ६ बर्ष र क्यान्बेरामा विगत ११ बर्ष देखि नेपाली भाषाको रेडियो कार्यक्रम संचालन गर्दै आईरहेका छन्। उनले टेलिभिजन सिड्नीमा नेपाली कार्यक्रम पनि संचालन गरेका थिए।

    उनी रेडियो संचालन र निर्माण बाहेक सामुदायिक गतिविधिमा पनि उत्तिकै सकृय रहदै आएका छन्। उनी नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया र कम्यूनिटी मेडिया ट्रेनिंग अर्गनाईजेशन अष्ट्रेलियाको कार्यकारी निर्देशक अनि अष्ट्रेलियाली सरकारको संचार मन्त्रालय मातहतको कम्यूनिटी ब्रोडकास्टींग फाउन्डेशनको आर्थिक अनुदान मूल्यांकनकर्ता पनि हुन्।

    उनको सबै सामूदायिक सक्रियता निस्वार्थ र स्वंसेवी हो। पेशाले उनि रजिष्टर्ड नर्स हुन्। उनी हाल क्यान्बेरा अस्पतालको मानसिक स्वास्थ्य बिभागमा क्लिनिकल म्यानेजरका रुपमासमेत कार्यरत छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend