मकवानपुरको हेटौंडामा नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा शुक्रबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा शुरु भएको छ। यो साधारणसभामा मोबाइल तथा एसोसरिज गरि विभिन्न १३ वटा कम्पनीहरु प्रायोजक तथा सहयोगी भुमिकामा छन। यही मध्येको एक कम्पनी माइ पावर पनि हेटौंडामा देशभरका ब्यवसायीहरुको जमघटमा उपस्थित छ। हेटौंडा साधारणसभामा माइ पावरको ब्यवसाय प्रवर्द्धन लक्षित स्टलसमेत राखिएको छ। यी यावत विषयमा माइ पावरका नेपाल प्रमुख मनोज अग्रवालसँग एक्सरे नेपालले गरेको कुराकानी :
माइ पावर के हो?, यहाँको कम्पनी र ब्राण्डलाई कसरी बुझ्ने?
माइ पावर मोबाइल एसोसरिजका लागि एउटा ब्राण्ड हो। जसले विगत १० वर्षदेखि मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यवसायीका बिचमा आफ्नो निरन्तर उपस्थिति देखाएर ब्यवसायीको माया मात्र होइन विश्वास पनि पाएको छ।
यहाँहरुको ब्राण्डको फोकस खास केमा हो?
माइ पावरको फोकस अहिलेको अवस्थामा पावर बैंकमा छ। अहिले हरेक ब्यवसायीक ब्यक्तिका लागि पावर बैंक आवश्यक भैसकेको छ। हामी अहिले सुपथ मुल्यमा गुणस्तरीय पावल बैंकको बजारलाई ध्यानमा राखेर काम गरिरहेका छौं।

माइ पावरको उत्पादन मोबाइल ब्यवसायीले किन बेच्ने? ग्राहकले किन किन्ने?
हामी विगत १० वर्षदेखि ब्यवसायीका बिचमा नै छौं। नेपाली बजारमा निरन्तर टिकिरहेका ब्राण्ड र कम्पनी कम छन। हामी निरन्तर लामो यात्रामा हिडेका हौं, थाकेका र पछि परेका छैनौं। बरु सुपथ मुल्यमा गुणस्तरीय उत्पादन ल्याएर विश्वास जितिरहेका छौं। अहिले हाम्रो उपस्थिति ७७ वटै जिल्लामा छ। यस्तै विक्रीपछिको सेवामा पनि कुनै पनि सम्झौता नगर्ने गरेर हिडेका छौं। कुनै पनि समस्या आए तुरुन्तै समाधान गर्ने हाम्रो अठोट छ। हामीसँग ग्राहक लक्षित अनलाइन सिस्टम र ट्र्याकिङ सिस्टम पनि छन। यही कारण हाम्रा उत्पादनमा ब्यवसायीहरुको साथ र आम उपभोक्ताको माया हामीसँग जोडिएको छ।
अहिले इएरबर्ड र स्मार्ट वाचको पनि बजार बढेको पाइन्छ, यहाँहरुको अवस्था केछ?
हो। हाम्रो इएरबर्ड र स्मार्ट वाचको पनि आफ्नै बजार छ। अहिले यी दुवैमा बजार राम्रो छ। अहिलेको पुस्ताको माग अनुसार हामीले इएरबर्ड र स्मार्ट वाचका विभिन्न भेरियन्टलाई बजारमा ल्याएका छौं। जुन अहिले रुचाइएका छन।
यस्तै हामीसँग मोबाइल चार्जर, डाटा केवल, हेड फोन, ब्लुतुथ स्पिकर पनि अहिले बजारमा अत्यधिक माग हुने उत्पादनमा पर्छन।

यहाँको कम्पनीको अनलाइन सेवा पनि छ नि हैन?
हो। हामीले आम उपभोक्तालाई समय अनुसारको सेवा दिइरहेका छौं। उपभोक्ताहरुले हामीलाई दराजसहितका अनलाइन मार्केटमा पनि पाउन सक्नुहुनेछ।
यहाँको उत्पादन बजारमा अलि बढी मूल्य पर्ने भन्ने गुनासो सुनिन्छ, मूल्य बढी नै हो कि गुनासो मात्र आएको हो?
हाम्रा उत्पादनको मुल्य बजारका अन्यको तुलनामा बढी होला, तर गुणस्तरीय पनि छन। हामीले प्रोडक्ट बजारमा पठाउनु भन्दा अघि नै रिसर्च गरेर पठाउने गरेका छौं। बजारको मुल्यको माग र गुणस्तरीयताबाट हामी हाम्रो उत्पादनलाई तुलना गरेर हेरौं। यसरी हेर्दा हाम्रा ब्राण्डमा मुल्यको तुलना नहोला। यो अनुभव हाम्रा युजरहरुसँग हुन सक्छ।

हेटौंडामा यहाँहरुको विशेष के रहन्छ?
माइ पावर हेटौंडामा ब्यवसायीको विश्वासको सम्बन्धको सारथि बन्न उपस्थित छ। ब्यवसायी साथीहरूसँग हाम्रो सम्बन्ध क्षणिक हुँदैन। हामी पुराना ब्यवसायीहरुसँग सम्बन्ध झनै नजिक बनाउँदै नयाँ साथीहरूसँग दीर्घकालीन सम्बन्ध बनाउन हेटौंडामा उपस्थित छौं। ब्यवसायीका लागि हामीले केही उपहार पनि हेटौंडामा ल्याएका छौं।




