मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अस्ट्रेलियामा एन्जाद्वारा पत्रकार महासंघ अध्यक्ष शर्मालाई सम्मान

अस्ट्रेलियामा एन्जाद्वारा पत्रकार महासंघ अध्यक्ष शर्मालाई सम्मान

images
२०८१ चैत्र ३० गते, शनिवार
२०८१ चैत्र ३० गते, शनिवार
  • सिड्नी। अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन ( एन्जा) ले नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ।

    images

    सिड्नीमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शर्मालाई बधाई तथा सम्मान गरिएको हो।

    images

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले नेपाली प्रेस जगत असुरक्षित रहेकाले सबैले खबरदारी गर्नु पर्ने बताइन। उनले राजावादी समुहको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याप्रति आपत्ति जनाउँदै दोषी उपर कारवाहीको माग गरिन।

    संचार माध्यममाथि गरिएका आगजनी र तोडफोडको प्रयासले नेपाली संचार क्षेत्र असुरक्षित रहेको पुष्टि गरेको भन्दै शर्माले प्रेस माथिहुने कुनै पनि दमन क्षम्य नहुनेसमेत स्पष्ट पारिन।

    कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था एन्जाले नेपाल पत्रकार महासंघको सहकार्यलाई निरन्तरता दिदैं थप सहकार्य गर्न सक्ने बिषयमा छलफल गरेको थियो।

    कार्यक्रमा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्रराई, वरिष्ठ पत्रकार कवीर राणा, पत्रकार सचिन पोखरेल लगायतलाई सम्मान गरिएको थियो।

    कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, संरक्षक हेमन्त काफ्ले, डा. शंमशेरसिंह थापा, पत्रकार प्रदीप तिमिल्सिनाले प्रवासको पत्रकारिताका बारे धारणा राखेका थिए।

    उनीहरूले प्रवासमा रहेर पत्रकारिता गर्न एकदमै कठिन हुँदाहुँदै पनि आफुहरुको पेशा प्रतिको लगावका कारण धेरै नेपाली पत्रकारले मिडियालाई समय छुट्टाएर काम गरिरहेको बताएका थिए।

    कार्यक्रममा एन्जाका अध्यक्ष तिवारीले एन्जाले पत्रकार महासंघमार्फत नेपाली पत्रकारको सुऱक्षा लगायतका बिषयमा सहकार्य गर्ने बताएका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend