मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

म्यानमारको यामेथिन शहरमा नेपाली सेनाको मेडिकल क्याम्प

म्यानमारको यामेथिन शहरमा नेपाली सेनाको मेडिकल क्याम्प

images
२०८१ चैत्र २२ गते, शुक्रवार
२०८१ चैत्र २२ गते, शुक्रवार
  • काठमाडौं। नेपाली सेना म्यानमारका भुकम्प प्रभावित घाइतेहरुको स्वास्थ्य उपचारमा खटिएको छ।

    images

    म्यानमारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी नेपाली सेनाले भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार प्रदान गरिरहेको छ।

    images

    म्यानमारका भुकम्प प्रभावितहरुको उद्दार तथा उपचारका लागि चिकित्सक र स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो।

    नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सक, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहितको नेपाली सेनाको टोली म्यानमार खटिएको छ।

    निर्देशनालयका अनुसार म्यानमार गएको नेपाली सेनाको टोलीले विभिन्न प्रकृतिका आवश्यक औषधि, इक्युपमेन्ट लिएर गएको छ। टोलीमा सर्जन, अर्थोपेडिक्स, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न छन। 

    नेपाली सैनिकको समुह एक सातासम्म म्यानमारमा रहने जंगी अड्डाले जनाएको छ। उनीहरु त्यहा रहँदा भुकम्प पीडितहरुको उद्धार तथा घाइते भएकाहरुको स्वास्थ्य उपचारमा संलग्न हुनेछन।

    गत सोमबारको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो।

    गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पमा परेर झण्डै तीन हजार भन्दा बढि ब्यक्तिहरुको ज्यान गएको छ भने हजारौं ब्यक्ति घाइते छन। घाइतेहरुको उपचार भैरहेको तथा भग्नावशेषमा पुरिएकाहरुको खोजी जारी रहेको बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend