मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

रबि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

images
२०८१ चैत्र २२ गते, शुक्रवार
२०८१ चैत्र २२ गते, शुक्रवार
  • बुटवल। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ।

    images

    उच्च अदालतको इजलासले यसअघि जिल्ला अदालत रुपन्देहीले गरेको आदेशलाई बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

    images

    बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई यसअघि १ करोड धरौटी लिएर छाड्न आदेश गरेको थियो। सो आदेश विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही उच्च अदालतमा पुनरावेदन गर्न गएको थियो।

    इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend