मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कृषि क्षेत्रको समग्र सुधारबाट मात्र भोकमरीको अन्त्य गर्न सकिन्छ : कृषिमन्त्री अधिकारी

कृषि क्षेत्रको समग्र सुधारबाट मात्र भोकमरीको अन्त्य गर्न सकिन्छ : कृषिमन्त्री अधिकारी

images
२०८१ चैत्र २२ गते, शुक्रवार
२०८१ चैत्र २२ गते, शुक्रवार
  • काठमाडौं।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको समग्र सुधारवाट मात्र भोकमरीको अन्तय गर्न सकिने बताएका छन।

    images

    बिहीबार ललितपुरमा विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२४  सार्वजनिक गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको समग्र सुधारवाट मात्र भोकमरीको अन्तय गर्न सकिने बताएका हुन।

    images

    उनले नेपालले भोकमरी र कुपोषण न्युनीकरणको दिर्घकालीन लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि अझै दुर्गम भेगहरुमा खाध अभाव, बाल कुपोषण, पोषण शिक्षाको अभाव, कृषि प्रणालीको असमानता आदि चुनौतीका रुपमा रहेको उल्लेख गरे।
     
    कृषि जैविक विविधताको क्षयीकरण, कृषि रसायनहरुको बढ्दो तथा जोखिम युक्त प्रयोगका साथै मानवीय तथा जलवायु परिवर्तनले वातावरणीय, मानवीय तथा पर्यावरणीय क्षमतामा ह्रास हुदै गएको भन्दै मन्त्री अधिकारीले यसको सम्बोधनका लागि सबैको सामुहिक प्रयास आवश्यक रहने बताए।

    मन्त्री अधिकारीले अभियानमूलक माटो सुधार तथा ब्यवस्थापन कार्यक्रम, प्राङ्गारिक मलको उत्पादन तथा उपयोगको प्रवर्द्धन, स्थानीय तहहरुमा उत्पादन भएको उपजको प्रांगारिक प्रमाणीकरण तथा प्रयोगशाला परिक्षण शुल्कमा सहुलियत, रासायनिक बिषादीको विकल्पका रुपमा वानस्पतिक र जैविक विषादीको उत्पादन र प्रयोगलाई व्यापक गर्ने जस्ता कार्यक्रमहरुलाई मन्त्रालयले प्रथमिकतामा राखेको जानकारी दिए।

    कृषि उत्पादन प्रणालीलाई दिगो र पर्यावरणमैत्री बनाउन पर्यावरणीय कृषि प्रवर्द्धनको मार्गचित्र आवश्यक भएकाले त्यस तर्फ मन्त्रालयले कार्य गरेको पनि मन्त्री अधिकारीले दाबी गरे।

    नेपाललाई भोकमरी  र कुपोषणमुक्त राष्ट्र बनाउन सरकारी, गैर सरकारी, निजी क्षेत्र, नागरिक समाज संस्था, तथा स्थानीय समुदायहरू बीच बहु–क्षेत्रीय सहकार्य अपरिहार्य रहेकोसमेत उनले बताए। त्यसका लागि सबै नागरिकमा खाद्य पहुँच सुनिश्चित गर्नु पर्नेमा अधिकारीले जोड दिए।

    सार्वजनिक प्रतिवेदनले नेपालको भोकमरी सुचकाकं १४.७ मा झरेको देखाएको छ। सन २००० मा नेपालको सुचकाकं ३७.१ मा रहेको थियो। तथ्यांकले नेपालको अवस्थामा मध्यम श्रेणीको सुधार देखिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend