काठमाडौं। नेपाल मेडिकल काउन्सिलले लिएको विशेष लाइसेन्स परीक्षामा ११५ जना चिकित्सक पास भएका छन।
कुल १७९ जना चिकित्सक सहभागी भएको परीक्षामा ११५ जना चिकित्सक पास भएका हुन। यो संख्या कुल सहभागीको ६४.२५ प्रतिशत हो। परीक्षामा ६४ जना चिकित्सक भने फेल भएका छन।
३२ विभिन्न विषयमा विशेष चिकित्सकको लाइसेन्स परीक्षा बिहीबार पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको थियो।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले परीक्षामा १७९ जना चिकित्सक सहभागी भएकोमा ११५ जना पास भएको जानकारी दिए।
उनका अनुसार परीक्षाका लागि १८४ जनाले आवेदन दिएको अर्थात फाराम भरेका थिए भने ५ जना चिकित्सक परीक्षामा नै सहभागी हुन आएका थिएनन। सहभागी हुन आएका ४ जनाको नतिजा भने वीथहेल्डमा राखिएको छ।
यी ३२ विषयमा भएको थियो परीक्षा




