मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डा. संगिताको स्वास्थ्य सचिव बन्ने रहरमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

डा. संगिताको स्वास्थ्य सचिव बन्ने रहरमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

images
२०८१ चैत्र २० गते, बुधवार
२०८१ चैत्र २० गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव रहेकी डा संगीता कौशल मिश्राको मन्त्रालयको सचिव बन्ने रहर रोकिएको छ।

    images

    बुधबार सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्ति विवादमा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी रहेकी डा मिश्राको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै सरकारले सचिव बनाएका डा विकास देवकोटालाई सहज रुपमा काम गर्न बाटो खुलेको हो।

    images

    बुधबार न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले डा मिश्राको माग अनुसार अन्तरिम आदेश जारी नहुने आदेश गरेको थियो। मिश्राको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गर्न आदेश भने दिएको छ।

    यसअघि स्वास्थ्य सचिव नियुक्तिका विषयमा सर्वोच्चले नियुक्ति प्रक्रियाका फाइल मागेसँगै प्रतिस्पर्धामा रहेकी मिश्रा हौसिएकी थिइन।

    सर्वोच्चले उनले १ चैतमा दायर गरेको रिटमा नियुक्ति प्रक्रिया सम्बन्धी निर्णयको फाइल झिकाउने आदेश दिएको थियो।

    त्यसबखत विपक्षी(प्रधानमन्त्री तथा मन्त्रिपरिषद्) कार्यालयलाई सो आदेश भएको थियो भने न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सो रिट उपर सुनुवाई भएको थियो।

    सुनुवाईपछि सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चले विपक्षीका नाममा आदेश दिएको थियो।

    मन्त्रालयमा अतिरिक्त सचिव रहेकी डा मिश्राले वरिष्ठतामा आफु पहिलो नम्बरमा भएपनि सचिव नियुक्त नगरिएको भन्दै सर्वोच्च पुगेकी थिइन।

    उनको रिटमाथि गत चैत ३ गते पहिलो सुनुवाई भएको थियो। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाईपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको थियो। त्यसपछि दुबै पक्षलाई छलफलका लागि बोलाइएको थियो।

    सरकारले आफुलाई सचिव नियुक्त नगरेपछि डा मिश्रा मन्त्रालय नगइ बिदामा बसेकी थिइन। उनले आफू राजिनामा नदिने मुडम रहेको बताउँदै आएकी थिइन।

    गत फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा‍ देवकोटालाई सचिवमा बढुवा गरेको थियो। देवकोटा पनि १२ औं तहकै डाक्टर हुन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend