मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न थप ७ जना पक्राउ

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न थप ७ जना पक्राउ

images
२०८१ चैत्र २० गते, बुधवार
२०८१ चैत्र २० गते, बुधवार
  • काठमाडौं। राजावादी समुहको भनिएको प्रदर्शनका क्रममा चित १५ गते काठमाडौंको तीनकुनेमा विध्वंस मच्चाएको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ।

    images

    प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले बुधबार थप ७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई राज्य विरुद्धको कसुर, संगठित अपराध र उपद्रव अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images

    पक्राउ परेकाहरुलाई बुधबार नै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुरमा रुपन्देही देबदह नगरपालिका घर भएका ४७ वर्षीय प्रेम थापा मगर पक्राउ परेका हुन्।

    यसैगरी आपराधिक उपद्रव कसुरमा झापा गौरादह नपा–१ गौरादह घर भएका वर्ष २१ को समिर मगर, रामेछाप, सुनापति गापा–१ घर भएका वर्ष २२ को सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नपा–३ घर भएका वर्ष २३ को सुशिल बराल, नुवाकोट, बेलकोटगढी नपा–७ घर भएका वर्ष २७ को रमेश राई, अछाम, पंचदेवल नपा घर भएका वर्ष २० को गोकर्ण शाही र संखुवासभा, पाचखपन नपा–२ घर भई हाल काजि कागेश्वरी मनोहरा नपा–९ बस्ने वर्ष ३९ को मुकुन्द दाहाल रहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend