काठमाडौं। चैत १५ गते राजावादी समुहको प्रदर्शनको क्रममा तीनकुनेको एक घरमा आगलागी हुँदा ज्यान गुमाएका पत्रकार सुरेश रजकको दाहसंस्कार गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार रजकको शवको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि उनको बुधबार साँझ नै शोभाभगवतीस्थित विष्णुमती किनारमा अन्त्यष्टी गरिएको हो। उनलाई दाजु रमेश रजकले दागबत्ती दिएका थिए।
सुरेशको अन्त्यष्टीमा उनका आफन्त, पत्रकार तथा शुभेच्छुकहरुको भीड लागेको थियो। उनको पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज चक्रपथ, बालाजु हुँदै नयाँबजारबाट शोभाभगवती पुर्याइएको थियो।




