मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट, गोली लागेको भेटिएन

पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट, गोली लागेको भेटिएन

images
२०८१ चैत्र २० गते, बुधवार
२०८१ चैत्र २० गते, बुधवार
  • काठमाडौं। चैत १५ गते राजावादी समुहको प्रदर्शनको क्रममा तीनकुनेको एक घरमा आगलागी हुँदा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शवको पोस्टमार्टम गरिएको छ।

    images

    त्रिवि शिक्षण अस्पतालमा बुधबार रजकको शवको पोस्टमार्टम गरिएको हो। पोस्टमार्टमको रिपोर्टमा उनको शरीरमा गोलि नभेटिएको चिकित्सक बताउँछन।

    images

    अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले रजकको पोस्टमार्टम रिपोर्ट्ले उनको शरीरमा गोलि लागेको नदेखाएको जानकारी दिए।

    `फोक्सोमा धुवाँको मुस्लो छिरेको पोस्टमार्टम रिपोर्ट छ, शरीरमा गोली लागेको भेटिएन, आगोले जलेर मृत्यु भएको देखियो।´ अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. चौधरीले एक्सरे नेपालसँग भने।

    चिकित्सकहरुले एक्सरे नगरी पोस्टमार्टम नगर्ने अडान लिएपछि स्वर्गीय रजकको शवको मंगलबार पोर्टेबल एक्सरे गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend