मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शिक्षकको आन्दोलनले अस्तब्यस्त बानेश्वर, सुरक्षा ब्यवस्था कडा

शिक्षकको आन्दोलनले अस्तब्यस्त बानेश्वर, सुरक्षा ब्यवस्था कडा

images
२०८१ चैत्र २० गते, बुधवार
२०८१ चैत्र २० गते, बुधवार
  • काठमाडौं। शिक्षकहरुको आन्दोलनका कारण अहिले काठमाडौको नायाँ बानेश्वर क्षेत्र अस्तब्यस्त भएको छ।

    images

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा बुधबारबाट शिक्षकहरु प्रदर्शनमा उत्रिएका छन।

    images

    माइतीघर मण्डलाबाट सुरु भएको शिक्षकहरुको र्याली सहितको प्रदर्शनलाई अहिले प्रहरीले बिजुली बजार क्षेत्रमा रोकेको छ। उनीहरुले शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्न पाउनुपर्ने भन्दै नारावाजी गरिरहेका छन।

    यसअघिको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै देशभरबाट नयाँ चरणको आन्दोलनका लागि शिक्षकहरू काठमाडौ आएको महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले जानकारी दिइन।

    प्रदर्शनलाई नियन्त्रणमा राख्न बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा तैनाथ छन। उनीहरुले निषेधित क्षेत्रमा प्रदर्शनकारीलाई प्रवेशमा रोक लगाएका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend