मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीनकुने प्रदर्शनमा घाइते भएका १७ जनाको कहाँकहाँ हुँदैछ उपचार?

तीनकुने प्रदर्शनमा घाइते भएका १७ जनाको कहाँकहाँ हुँदैछ उपचार?

images
२०८१ चैत्र १९ गते, मंगलवार
२०८१ चैत्र १९ गते, मंगलवार
  • काठमाडौं। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार अझै जारी छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा गरेर १७ जना घाइतेको उपचार भौरहेको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिनामंगलस्थित केएमसी अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा १७ जनाको उपचार भइरहेको छ

    गोली लागेर घाइते भएका ३ जनाको बिएण्डबी अस्पतालमा उपचार भैरहेको छ। एकजनालाई सटगनबाट प्रहार गरेको कार्टिजको छर्रा लागेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए।

    तीनकुने घटनामा सटगनबाट प्रहरीले २३९ राउण्ड कार्टिज प्रहार गरेको भेटिएको छ। यस्तै अर्का एक जनाको बायाँ हातमा गोली लागेको पाइएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend